सर्लाहीमा मोटरसाईकल दुर्घटना,दुईको मृत्यु


सर्लाहीमा भएको मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। सर्लाहीको हरिपुर ७ मा बुधबार राति २ वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
हरिपुरबाट इश्वरपुरको बयलवास जाँदै गरेको ना २५ प ६९२२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ५ प ७८८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा २ ओटै मोटरसाइकलका चालकको ज्यान हो ।दुर्घटनामा ज्यान गुमाउनेमा इश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र यही  नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधबार राति साढे १० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा बिहीबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । २ ओटै मोटरसाइकलमा तीन–तीनजना चढेका र तीव्र गति रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: