जनकपुरधाम उपमहानगरपालिकामा व्यापक अनियमितता,हुदैन नभएको मेयरकपमा रकम खर्च

जनकपुरधाम उपमहानगरपालिकामा कमै नभएको कतिपय शिर्षकको समेत बजेटहरु खर्च  भएको देखिएको छ । विगत २० वर्षपछि आएको जनप्रतिनिधिहरु काम भन्दा समेत कर्मचारी भन्दा पनि लुटतन्त्रमा लिप्त देखिएका छन । उनिहरु विभिन्न शिर्षकमा मनपरि ढंगले रकम खर्च गरेका छन भने कमै नभएको शिर्षकमा समेत बजेट निकासा गरेर खर्च गरेका छन ।जनकपुरधाम उपमहानगरपालिकामा अहिले लुटतन्त्र मचाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाका अधिकांस वडा सदस्यहरु विरोध गरिरहेका छन । जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक गरेको आप व्ययका अनुसार मेयर कप शहिद परिवारलाई सम्मान सहित आर्थिक सहयोग शिर्षकमा १० लाख ७८ हजार २सय ५० रुपैया खर्च भएको छ। तर अहिले सम्म सो रकम खर्च भएपनि कार्यक्रम नै नभएको बताइएको छ । धार्मिक कार्य संरक्षणमा जनकपुरधाम उपमहानगरपालिकाले ६ लाख ६५ हजार ३सय १७ रुपैया खर्च भएको छ । त्यसैगरि शिक्षाक तथा खेलकुद संस्कृति कार्यक्रममा २२लाख ६८ हजार ३सय ४९ रुपैया खर्चभएको छ। जनकपुर उपमहानगरपालिकामा माग्ने गरिएको सुचनाहरु समेत मेयर लालकिसोर साहको निर्देशनमा रोकिएको छ।


लोकतान्त्रिक विधि र प्रक्रिया विपरित सभा संचालन ः नगर सभापति साह
नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति मनोज साहले जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह सफा , स्वच्छ र फोहोरमुतm जनकपुर बनाउन प्रतिवद्ध नरहेको आरोप लगाएका छन । उनले चौथो नगर सभाले प्रस्तुत गरेको बजेटमा ल्याण्ड फिल साईटको लागि कुनै बजेट बिनियोजन नगरेकोमा दुःख व्यतm गरे । उनले नगर प्रमुख साह विकासको नाउंमा नगरपालिकामा व्यापक आर्थिक अनियमितता गरेको बताए । नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुमतको दम्भमा लोकतान्त्रिक प्रक्रिया र विधिलाई मिचि तानाशाही प्रवृतिले एकलौटी रुपमा अगाडि बढेको बताए । नगर प्रमुख साह नगर विकास विरोधी रहेको बताउंदै नगर प्रमुखमा निर्वा्चित भएदेखि नगरपालिकाले देखिने एउटा पनि काम गर्न नसकेको आरोप लगाए । पत्रकार सम्मेलनमा आफनो कुरा राख्दै जउनपा वडा नं.९ का अध्यक्ष परमेश्वर साहले नगर सभामा आफनो असहमति राख्न समेत नदिने गरेको गुनासो पोखे । साहले हतार हतारमा ल्याईएको बजेटमा त्रुटि नै त्रुटि रहेको दावी गरे । बजेट निर्माणमा हामीलाई कुनै सहभागिता नगराई आफुखुसी हचुवाको भरमा बजेट ल्याईएको प्रति दुःखेसो पोखे । बजेट योजनामा तर्जुमा समितिको संयोजक समेत रहेकी उपमेयर रिता मिश्रलाई पनि बजेटको विषयमा केही जानकारी नभएको बजेट प्रस्तुत गर्ने क्रममा उपमेयर मिश्रले बताएको साहले बताए । जनताले तिरेको करबाट निर्माण हुने बजेटमा नगर सभा संचालन खर्चमा ३० लाख बिनियोजन गरिएकोमा आश्चर्य व्यतm गर्दै लामखुटटे समस्या जस्ताको त्यस्तै रहे पनि लामखुटटे नियन्त्रणको नाममा ५० लाख खर्चिएको प्रति आक्रोश पोखे । वडाध्यक्ष साहले सबारी खरिदमा ३ करोड १९ लाख रुपैया खर्चिएर कमिशनको मोटो रकम मेयर साहले कुम्लायाएको आरोप लगाए । त्यसै गरि वडा नं. १२ का अध्यक्ष सत्रुधन यादवले सरकारी रकमको दुरुपयोग गर्दै मेयर साहले आफनो पक्षधरहरुलाई कार्यक्रम र योजनाहरु दिने गरेकोमा तिव्र असन्तुष्टि व्यतm गरे । नगर प्रमुख साहले नगर सभापति मनोज साहको अध्यक्षतामा र नेपाली कांग्रेस धनुषा उपसभापति संतोष यादवको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा जिल्ला सचिव विशेश्वर यादव, क्षेत्रिय सभापति कन्हैया कर्ण , जिल्ला सदस्य गणेश झा , अर्जुन चौधरी , जउनपा वडा नं. ५ का अध्यक्ष मनोज साह , १० का मिथिलेशलाल कर्ण , १२ का सत्रुधन यादव र १५ का अशोक चौधरी ,वरिष्ठ पत्रकार रामभरत साह , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा , सम्झना वर्मा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । जनकपुरधाम उपमहानगरपालिकाले शुक्रवार आ.व. २०७५।७६ को लागि १ अर्ब ६९ करोड ५५ लाख ७२ हजार २ सयको आय व्यय प्रस्तुत गरेको छ ।

 

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: