हजको रकम हिनामिनाको आरोपमा मोहम्बद शोएब माथि मुद्दा दर्ता


हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोएबसहित १० जनाविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०७४ मा नेपालबाट साउदी अरबमा हज गर्न जाने हजयात्रीका लागि हवाई टिकट खरिद प्रक्रियामा भ्रष्टाचार गरेको ठहरसहित आयोगले उनीहरुविरुद्द आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । हज कार्यसम्पादन उपसमितिका सदस्य अतावुल अन्सांरी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, हज समिति सचिवालयका सदस्य–सचिव भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र हिना ट्राभल्स एण्ड टुर्स प्रालिका दाउद हुसैनलाई पनि अयोगले विपक्षी बनाएको छ । मिलेमतोमा उनीहरुले कम अंक कबोल गर्ने हिना ट्राभल्स एण्ड टुर्सको बोलपत्र स्वीकृत गरी ३८ लाख रुपैयाँ भ्रष्टाचारको आयोगले दायर गरेको अभियोगपत्रमा उल्ल्खे छ । १० जनाविरुद्ध अयाोगले जनही ३८ लाख रुपैयाँ विगो माग गरेको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: