संचार उद्यमी अरुण सिघानियाको हत्याको मुद्दाको सुनवाई सुरु

संचार उद्यमी अरुण सिघानिया हत्याको अन्तिम सुनवाई जिल्ला अदालत धनुषामा सुरु भएको छ। जिल्ला अदालत धनुषाका न्याधिस राधाकृष्ण उप्रेतीको इजलासमा मुद्दाको सुनवाई सुरु भएको हो ।

राहुल सिघानियाको जाहेरीले नेपाल सरकार वादी रहेको मुद्दामा प्रतिवादी संजय साह सहित ११ जना रहेको छ। मुद्दाको सुनवाईको क्रममा वादीको तर्फबाट सरकार वकिल,विपिन झा,हेम कार्कीले वहस गरेका थिए । अब प्रतिवादीको कानुन व्यवासयीहरुले बहस गर्न बांकी रहेको छ। अरुण सिंघानियाँका छोरा राहुल सिघानियाको जाहेरीले वादी नेपाल सरकार रहेको सो मुद्दामा संजय कुमार साह, चनरदीप यादव, मुकेश चौधरी, ओम यादव, योगेन्द्र सहनी, अंशी राइन, दीपेन्द्र कुसियैत यादव, रामविनोद यादव, पवन लामा, मनक लामा र एकजना नाम खुल्न नसकेको प्रतिवादी रहेको छ । २०६६ फाल्गुन १७ गते फागु पूर्णिमाको दिन उद्योगी नवल मुरारकाको घरमा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भई फिर्ता जाँदै गरेको बेला शिवचोकमा सिंघानियाको टाउकोमा गोली प्रहार गरि हत्या गरिएको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: