राजपाको बैठक बस्दै


महाधिवेशनको तयारी, समाजवादी पार्टीसँगको एकीकरण प्रक्रिया तराईमा बाढी पीडितको उद्धार लगायत विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी राजपाको बैठक आज बस्दैछ ।राजपा र समाजवादी पार्टी बिचमा एकताको विषयमा सकारात्मक कुरा भएपछि त्यसको समिक्षाको लागि बैठक बस्न लागेको छ ।  अध्यक्ष मण्डलका नव नियुक्त संयोजक राजकिशोर यादव सहित काठमाडौंमा उपलव्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकमा समसामायिक राजनीतिसँगै तंराईको विपद व्यवस्थापनबारे छलफल हुने नेता केशव झाले जानकारी दिनुभयो । बैठक काठमाडौंको बबरमहलस्थित पार्टी कार्यलयमा अपरान्ह १ बजे बस्दैछ । समाजवादी पार्टीसँग एकता प्रक्रियालाई अघि बढाएको राजपाले पार्टीका तर्फबाट उठाउने एजेण्डाबारे पनि आज छलफल हुने छ । यस्तै केन्द्रीय महाधिवेशन अघि क्षेत्रीय, जिल्ला र स्थानीय महाधिवेशन समयमै सम्पन्न गर्ने विषयमा समेत बैठकमा छलफल हुनेछ । राजपाले आगामी कार्तिक अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । पछिल्लो समय तराई मधेशमा बाढीबाट विस्थापितहरुको राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल हुने नेता झाको भनाई छ । राजपाले तराईमा देखिएको डुवानको समस्या समाधानका लागि भारतसँग गम्भिर ढंगले वार्ता गर्न केन्द्र सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: