आज साउने संक्रान्ति


आज देशभर साउने संक्रान्ति पर्व मनाईदै छ ।  असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी आज भोज खाने चलन छ । यस्तै आज असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन पनि रहेको छ । आज कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास गरिन्छ । आजको दिनबाट  महिलाहरु एक महिनाको लागि ब्रत बस्ने चलन पनि छ । महिलाहरुले हरियो चुरा र मेहन्दी लगाउनुका साथै सोमबारे ब्रत बस्ने गर्दछन् ।  साउनको सोमबार व्रत बस्नाले शिव प्रसन्न हुने विश्वास गरिन्छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: