नेकपाको सचिवालय बैठक आज बस्दै


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । विभागको जिम्मेवारी र जिल्ला तहको इन्चार्ज टुङगो लगाउने विषयमा छलफल गर्न सचिवालयको बैठक आज बोलाइएको हो । दिउँसो १ बजे बालुवाटरमा बस्ने सचिवालय बैठकको ऐजेन्डा तत्कालीन केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज र सह–इन्चार्ज, केन्द्रीय आयोग प्रमुख र उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्व लगाएतका रहेको छ । पूर्व एमाले र माओवादीका भागबण्डामा विभागको नेतृत्वमा यसअघि नै सहमति गरिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकबाट जिम्मेवारी टुङगो लाग्ने जानकारी दिनुभयो । कसले कुन विभाग, आयोग र इन्चार्जको नेतृत्व पाउनेमा विवाद छ । धेरैजसो विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिनेबारेमा टुंगो लागि सकेको छ । यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ । पार्र्टी विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, संगठन विभाग प्रमुखमा वामदेव गौतम, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा झलनाथ खनाल र अर्थ विभाग प्रमुख सुरेन्द्र पाण्डे हुने सहमति भएको छ । आजको बैठकले निर्णय गर्ने तयारी छ । अनुशासन आयोग  अमृत बोहरालाई दिने आन्तरिक सहमति छ । स्कुल विभागमा नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल दुवैजनाले दावी गर्नुभएको छ । 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: