विप्वलका काठमाडौ उपत्यका ईन्चार्ज पक्राउ


विभिन्न स्थानमा अपराधिक क्रियालकापमा लिप्त रहेको आरोपमा प्रहरीले नेकपा कम्युनिष्ट पार्टीका काठमाडौ उपत्यका ईन्चार्जलाई पक्राउ गरेको छ। नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको छ । त्यसैगरी जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटको योजनाकार पनि लामा नै रहेको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको थियो । माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा सो समय बम बनाउने क्रममा विस्फोट भई घाइते भएका थिए ।

उनी २०६४ को संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार भई झिनो मतले पराजित भएका थिए ।  लामो समय माओवादीको सांस्कृतिक विभागमा रहेर काम गरेका लामा गीतकार तथा संगीतकार समेत हुन् । विप्लवको उपत्यका ब्यूरोमा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, नुवाकोट र रसुवा समेत पर्छन् । यो ब्यूरोको जिम्मेवारी लामाको थियो । पछिल्लो समय उनी सत्तारुढ दलका कतिपय नेताहरुसँग सरकार र विप्लव वार्ताको लागि अनौपचारिक संवादमा पनि थिए ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: