आगामी तीन दिन देशभर वर्षा हुने सम्भावना


मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानांगले यो समयमा मनसुनी ‘ट्रफ’ तल, माथि भइरहने बताउँदै न्यूनचापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने जानकारी दिनुभयो । केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा आज पुनः नेपाल प्रवेश गरेको र बुधबारसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ ।वर्षाका कारण पहाडी भू–भागमा पहिरो जान सक्ने र चुरे सहित अन्य पहाडबाट बहने खोलामा जल सतह बढ्नाका साथै हवाई र सडक यातायात समेत सञ्चालनमा बाधा पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । यस्तै, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कमला र बागमती नदीमा पानीको प्रवाह बढी हुने र केही शाखा नदीमा पानीको प्रवाह बढ्ने जनाएको छ । भोलि र पर्सि बुधबार प्रदेश १, २ र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: