निर्माता छवि र नायिका शिल्पाविरुद्ध पक्राउ पुर्जी


निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुजी जारी गरेको छ। पटक पटक विवादमा आउने गरिएको उनि विरुद्ध यस पटक भने अदालतले नै पक्राउ पुर्जि जारी गरेको छ।
बहुविवाहको मुद्दा दर्ता भएपछि अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। बुधबार छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतको मुद्दा फाटका अधिकृत टीकासिंह खत्रीले जानकारी दिए। छविकी पहिली श्रीमती हेमा ओझाले उनीहरुविरुद्ध बहुविवाहको निवेदन दिएकी थिइन्। सोही अनुसार जिल्ला अदालत काठमाडौंले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरेको खत्रीको भनाइ छ।
महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको जानकारी आएको भए पनि अहिलेसम्म प्राप्त नभएको बताए। डीएसपी बोगटीले भने, ‘पक्राउ पुर्जी प्राप्त भएलगत्तै उनीहरुलाई पक्राउ गर्छौँ।’  ..
फिल्म निर्माता छविराज ओझाविरुद्ध जेठी पत्नी हेमाले आइतबार बहुविवाहको मुद्दा हालेकी थिइन। उनले छविकी कान्छी पत्नी शिल्पा पोखरेललाई पनि विपक्षी बनाएकी छन्। जेठीसँगको सम्बन्ध नतोडिकन शिल्पालाई घर भित्र्याएपछि हेमाले उनीहरूविरुद्ध आइतबार प्रहरी परिसर गौशालामा बहुविवाहको मुद्दा दायर गरेकी थिइन्। तर आफूहरूको झगडाको विषयमा छविराजले रातको १२ बजे पत्नी शिल्पालाई लेखेको चिठीमा भने उनले विगतका आफ्ना तीन श्रीमतीलाई पारपाचुके गरेपछि शिल्पासँग विवाह गरेको उल्लेख गरेका छन्। शिल्पाले छविसँग अंशसहित पारपाचुके मागिरहँदा हेमाले पतिविरुद्ध मुद्दा दायर गरेकी हुन्। यदि जेठी पत्नीको पक्षमा फैसला भयो भने बहुविवाहको कानुनअनुरूप छवि र शिल्पालाई एकदेखि पाँच वर्षसम्म जेल सजाय र १० देखि ५० हजारसम्म जरिवाना हुन सक्छ। छविकी पहिली पत्नीबाट दुई छोरा राजीव र महेश छन्। उनी छोराहरूको साथमा शंखमूलमा बस्दै आएकी छिन्।हेमापछि छविले फिल्म नाताकी नायिका गीताञ्जली सुनुवारसँग विवाह गरेका थिए। विवाह गरेको केही समयपछि सुनुवारले आत्महत्या गरेकी थिइन्। सुनुवारतिरबाट छविका एक छोरा साकार छन्। उनी पनि फिल्म क्षेत्रमै सक्रिय छन्।गीताञ्जलीको मृत्युपछि फिल्म हिरो बनाउने क्रममा त्यसै फिल्मबाट डेब्यु गरेकी नायिका रेखा थापासँग छविले बिहे गरे। रेखासँगको सम्बन्ध पनि लामो समय टिक्न सकेन। रेखाबाट भने कुनै सन्तान छैनन्। त्यसपछि छविले आफैंले निर्माण गरेको फिल्म लज्जाबाट डेब्यु गराइएकी शिल्पासँग २०७३ सालमा विवाह गरे। तर उनीहरूको विवाह दर्ता भने २०७५ साल पुस ११ गते मात्रै भएको हो। आफूलाई कानको जाली फुट्ने गरी कुटेको र पटकपटक यातना दिएको भन्दै असार ८ गते शिल्पाले छविलाई छोडेर गएकी थिइन्। उनले छविविरुद्ध असार २२ गते प्रहरी परिसर टेकुमा घरेलु हिंसा भएको भन्दै सुरक्षाका लागि उजुरी दिएकी थिइन्। यतिका वर्ष चुपचाप बसेकी जेठी पत्नीले छविविरुद्ध मुद्दा हालेपछि शिल्पा(छवि प्रकरणले नयाँ मोड लिएको छ। 


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: