विलासतामा लिप्त प्रदेश सरकार,मुख्यमन्त्री चढने गाडिको मोल एक करोड

प्रदेश नम्बर २का सरकार अहिले विलासतामा रमाउन थालेका छन ।सरकार अहिले विकास भन्दा बढि मन्त्रीहरु गाडि किन्नमा व्यस्त देखिएका छन । विकासको बजेट ५० प्रतिशत मात्रै खर्च गर्न सकेको प्रदेश सरकार भने गाडि खरिदमा सबै प्रदेशलाई नै उन्छीनेको छ। प्रदेश सरकारका मुख्यमन्त्री देखि मन्त्री सम्म अहिले विलासतामा रमाउन थालेका छन । गत आर्थिक वर्षमा मात्रै प्रदेश सरकारले ३४ करोड ७५ लाखको गाडि किनेको छ । प्रदेश २ को प्रदेश सभाले मात्रै ८ करोड ३२ लाख रुपैयाको गाडि खरिद गरेको छ । प्रदेश सभाले २ वटा टेरोना कार,९ वटा स्कार्पियो,एउटा स्कर्पियो पिकअप, २ वटा अर्बन निशान र एउटा सेलेरियो गाडि र १४ वटा मोटरसाईकल खरिद गरेको छ । प्रदेश सभाका सदस्यहरुलाई घरबाट प्रदेश सभा सम्म ल्याउनको लागि अर्बन निसान र सचिवको लागि सेलेरियो गाडि खरिद गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभा सचिवालयका निमित्त सचिव रंजितकुमार यादवले प्रदेश सभामा १२ वटा मोटरसाईकल गरिख गरिएको छ। उहाले मोटरसाईकल खरिदमा १८ लाख ७४ हजार खर्च भएको जानकारी दिनुभयो । सभामुख सरोजकुमार यादवको लागि टेरानो  र स्कारपिओ,गाडि खरिद गरिएको छ। त्यसैगरि उपसभामुख अनुपमा देवको लागि टेरानो गाडि खरिद गरिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले समेत जथाभावि रुपमा गाडि खरिद गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत आर्थिक वर्षमा ४ करोड १६ लाख रुपैया गाडि खरिदमा लागेका छन। कार्यालयले ५ वटा गाडि र १५ वटा मोटरसाईकल खरिद गरेको छ । चार पाग्रे पांच वटा र मोटरसाईकल १५ वटा किन्ने सो रकम खर्च गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले सबै भन्दा महंगो गाडिमा चढने गरेका छन। सो गाडिको मोल एक करोड ६२ लाख रहेको छ। मुख्यमन्त्री राउत फरचुनर गाडि चढने गरेका छन । प्रमुख सचिवले ६१लाख ८५ हजारको टोयटा ,कानुन सचिव र प्रशासन सचिवले ५३ लाखको गाडि किनेका छन । यस वाहेक दर्जनौ मोटरसाईकल समेत खरिद गरिएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासनको नारा दिएपनि उनकै कार्यालयमा सरकारी गाडी प्रयोगमा ब्रह्मलूट मच्चाइएको छ ।  मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवदेखि, स्वकीय सचिव र सचिवालयमा काम गर्ने करारका कर्मचारी समेतले सवारी सुविधा लिँदै आएका छन् ।मुख्यमन्त्री राउतका निजी सचिव, प्रमुख स्वकीय सचिव र सचिवालयमा रहेका समाजवादी पार्टी नेपालका नेताहरूले पनि चारपांग्रे देखि दुईपांग्रे सवारी साधन प्रयोग गर्ने गरेको पाइएको छ ।राउतका प्रमुख स्वकीय सचिव जितेन्द्रप्रसाद यादवले बा १ झ ९४२ नम्बरको निसान जीप चढ्दै आएका छन् । सो गाडी सेतो नम्बर प्लेटमा नै छ ।‘म सहसचिव स्तरको मुख्यमन्त्री राउतको प्रमुख स्वकीय सचिव भएकाले सरकारी गाडी चढिरहेको हुँ,’ यादवले भने, ‘मुख्यमन्त्रीज्यूले पाउने सेवा सुविधासम्बन्धी कानून अनुसार नै सरकारी गाडी चढेको हुँ ।’
मुख्यमन्त्री राउतका अर्का स्वकीय सचिव दीपक यादवले पनि सरकारी गाडी दुरूपयोग गरिरहेका छन् ।
मुख्यमन्त्री राउतकै गृहजिल्ला पर्साका यादवले कानूनविपरीत गाडी चढ्दै आएका हुन् । उनले  बा २ झ २६१० नम्बरको पिकअप भ्यान चढिरहेका छन् । उनलाई सरकारी गाडी उपलब्ध गराउनुपर्ने कुनै नीतिगत व्यवस्था छैन । उनी समाजवादी पार्टी नेपाल, प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी पदमप्रसाद पोखरेल पनि स्वकीय सचिव यादवले सवारी सुविधा पाउनुपर्ने कुनै नीतिगत आधार नरहेको स्वीकार्छन् । ‘प्रमुख स्वकीय सचिव सहसचिव स्तरको अधिकृत भएकाले गाडी दिइएको हो,’ पोखरेलले भने, ‘तर, अर्का स्वकीय सचिव दीपक यादवले कुन आधारमा सरकारी गाडी चढिरहनु भएको छ, त्यो थाहा भएन ।’ त्यसैगरी मुख्यमन्त्री राउतको सचिवालयमा रहेका समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादवले पनि सरकारी सवारी साधन सुविधा पाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले गाडि खरिदमा मात्रै ६ करोड ५२ लाख रुपैया खर्च गरेको छ। मन्त्री ,राज्यमन्त्री,सचिवका लागि ५ वटा गाडि खरिद गरिएको छ। निति अयोगका उपाध्यक्ष र ४ जना सदस्य गरि पांच जनाको लागि चार वटा डस्टर र एउटा क्रेटा कार खरिद गरिएको छ । निति आयोगको लागि थप दुई करोड ७० लाख रुपैया खर्च भएको छ। आर्थिक मामिला मन्त्रालयका उपसचिव अर्जुनकुमार न्यौपानेले मन्त्रालय स्थापना भएको बेलामा दुई वटा गाडि खरिद गरिएको र अहिले आएर ४ वटा गाडि खरिद गरिएको जानकारी दिनुभयो ।
आन्तिरिक मामिलता तथा कानुन मन्त्रालयले समेत गाडि किनेका छन । सो मन्त्रालयले २ करोड ८४ लाख रुपैया गाडि खरिदमा खर्च गरेको छ। मन्त्री र राज्य मन्त्रीको लागि २ वटा स्टोर्म,सचिवको लागि एउटा टोयोटा रश र एउटा क्रेटा गरि ४ वटा गाडि खरिद गरेको छ। सो मन्त्रालयले १३ वटा मोटरसाईकल खरिद समेत गरेको छ । गाडि किन्नेमा भौतिक पुर्वाधार मन्त्रालय समेत अगाडि देखिएको छ। मन्त्रालयले करिब २ करोड ३७ लाख मुल्य बराबरको गाडि खरिद गरेको छ। मन्त्री र राज्य मन्त्रीको लागि दुई र सचिवको लागि थप एक गरि ३ वटा टाटा स्टोर्म खरिद गरेको छ। मन्त्रालयले १७ वटा मोटरसाईकल समेत खरिद गरेको छ। समाजिक विकास मन्त्रालयले समेत गाडि खरिदमा मात्रै २ करोड १७ लाख रुपैया खर्च गरेको छ । मन्त्री र राज्यमन्त्रीको लागि एउटा टोयोटा रश सहित ३ वटा गाडि खरिद गरेको छ। मन्त्रालयले ३ वटा स्कुटर र ३ वटा मोटरसाईकल खरिद गरेको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले २ करोड ४२ लाख रुपैया गाडि खरिदमा खर्च गरेको छ। मन्त्री र राज्यमन्त्रका लागि एउटा टोयोटा रशसहित ३ वटा गाडि खरिद रहेको छ। मन्त्रालयले १५ वटा मोटरसाईकल समेत खरिद गरेको छ। भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गाडि खरिदमा २ करोड ५४लाख रुपैया खर्च गरेको छ। मन्त्री र ाज्यमन्त्रीको लागि २ वटा र सचिवको लागि एउटा सहित ३ वटा गाडि खरिद गरेको छ। मन्त्रालयले १६ वटा मोटरसाईकल समेत खरिद गरेको छ। प्रदेश प्रमुखको लागि ६५ लाखको गाडि खरिद गरिएको छ। सचिवको लागि ५७ लाख गरि कुल १ करोड २२ लाख रुपैया गाडि खरिदमा खर्च गरेको छ। त्यसैगरि प्रदेशको मुख्य न्याधिवक्ताको कार्यालयको लागि गाडि खरिदमा १ करोड ९ लाख रुपैया खर्च भएको छ। प्रदेश दुईका धेरै जिल्लाहरुमा मानव विकासको सुचांकमा धेरै पछाडि रहेपनि प्रदेश सरकारका मन्त्रीहरु अहिले मोजमस्तीमा लागेको देखिन्छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: