रौतहटमा २५ लाख रुपियाँसहित पक्राउ, अनुसन्धानको लागि काठमाडांै पठाइयो


जिल्ला प्रहरी कार्यालय, रौतहटको अपराध अनुसन्धान टोलीले २५ लाख रुपियाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।गौर नगरपालिका – ३ स्थित बिपी चौक नजिकैबाट गडीमाई नगरपालिका – ७ का २३ वर्षीय अजमतुल्ला अन्सारीलाई २५ लाख रुपियाँसहित नियन्त्रणमा लिएको हो ।गत सोमवार गोप्य सुुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा अन्सारीले बोकेको झोलामा उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले आज सार्वजनिक गरेको छ ।बरामद भएको उक्त परिणामको रकमबारे अन्सारीले भरपर्दो स्रोत खुलाउन असमर्थ भएका कारण अनुुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।आवश्यक प्रारम्भिक अनुसन्धान पश्चात् थप अनुुसन्धानका लागि अन्सारीलाई उक्त रकमसहित मंगलवार सम्पती शुद्धीकरण बिभाग ललितपुर हरिहरभवनमा पठाएको एसपी खडकाले बताउनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: