आर्थिक मसान्तको अन्तिम दिनमा होटलमा मन्त्रालयको काम,प्राविधि कार्यालयमा कर्मचारीलाई रक्सीको भोज (भिडियो सहित)


आर्थिक वर्षको अन्तिम दिनमा विभिन्न मन्त्रालयहरुको कामहरु विभिन्न जनकपुरको होटलमा भएको थियो । अन्य दिन नियमित समयसम्म समेत कार्यालय बस्न नरुचाउने सरकारी कर्मचारीहरु अबेर साँझसम्म होटेलमा बसेर धमाधम योजना मूल्यांकन गर्न जुटेका छन्।जनकपुरस्थित पूर्वाधार कार्यालयका कर्मचारीहरु मंगलबार साँझसम्म वडा नम्बर ४ स्थित शुभम होटलमा बसेर उपभोक्ता समितिमार्फत भएका योजनाहरुको मूल्यांकन गरिरहेको अवस्थामा देखिएका छन्।छुट्टाछुट्टै होटलको चारवटा कोठमा बसेर योजना मूल्यांकन गर्न कर्मचारीहरु ल्यापटप, फाइललगायतका सामग्री लिएर बसेका छन्। योजना मूल्यांकन गराउन उपभोक्ता समितिका अध्यक्षदेखि सदस्यहरुको समेत होटेलमा भिडभाड देखिएको छ।
योजना मूल्यांकन गर्न व्यस्त देखिएका एक कर्मचारीले ‘कार्यालयमा उपभोक्ता समितिले अनावश्यक दबाब दिने गरेकाले होटेलमा आएर काम गरेको’ बताए। ती कर्मचारीलाई सोही कुरा क्यामरामा बोल्न भनेपछि उनी चुप लागेर बसे।यसैगरी आफूलाई पूर्वाधार कार्यालयको इन्जिनियर बताउने मुकेश यादवले त्यहाँ पुगेका सञ्चारकर्मीहरुलाई कोठबाट बाहिर निस्कन जबरजस्तीसमेत गरेका थिए। सञ्चारकर्मीले होटेलमा किन काम गरेको प्रश्न गरेपछि यादवले ‘यो कुरा कार्यालयका डीईलाई सोध्नुस’ भन्ने जबाफ फर्काएका थिए।
केहीबेरपछि यादवले उपभोक्ताहरुले सम्पत्र गरिसकेको योजनाको पैसा पाउनुपर्ने भएकोले एकान्तमा आएर काम गरेको बताए । उपभोक्ताहरुको दबाबका कारण कार्यालयमा काम गर्ने अवस्था नरहेको उनको भनाइ थियो।त्यसैगरिप्रदेश २ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले उपभोक्ता समितिमार्फत गरेको कामको मूल्यांकन होटेलमा बसेर गरेको पाइएको छ। मन्त्रालयले पर्यटन पूर्वाधारसम्बन्धी काम उपभोक्ता समितिमार्फत गर्न लगाएको थियो।
कतिपय सेवाग्राहीहरु आर्थिक वर्षको अन्तिम दिन मन्त्रालय धाइरहेपनि कर्मचारीहरु होटलमा बसेर योजनाको मूल्यांकन गरेको रहस्य बाहिरिएको छ।
जनकपुरको शिवचोकस्थित एक होटलको कोठा नम्बर २०५ र २०८ मा मंगलबार मन्त्रालयका कर्मचारीहरु योजनाको मूल्यांकन गर्न व्यस्त देखिएका थिए। ल्यापटप र प्रिन्टर होटलको कोठामा राखेर कर्मचारीहरु योजनाको फाइल हेर्दै मूल्यांकन गरिरहेका थिए।
मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा पर्यटन पूर्वाधार निर्माण सम्बन्धी ५० करोड रुपैयाँका काम उपभोक्ता समितिमार्फत गराएको बताइएको छ।नाम नबताउने शर्तमा होटेलमा भेटिएका एक कर्मचारीले मन्त्रालयमा ठाउँ नभएकोले होटलमा बसेर काम गरेको बताए। होटेलमा फाइल हेरेर मूल्यांकन गर्ने काममात्र भइरहेको बताउँदै उनले अन्य काम निर्देशनालयबाट भइरहेको दाबी गरे।
होटेलमा सञ्चारकर्मीहरु पुगेपछि मन्त्रालयका कर्मचारीहरु ल्यापट र प्रिन्टर बोकेर हिँडेका थिए। होटलको रिसेप्सनले दुबै कोठा मन्त्रालयको नाममा बुक भएको जानकारी दिए।त्यसैगरि प्रविधि कार्यालयमा अवेर राति सम्म कर्मचारीहरु बसेर कार्यालयका काम गरेका थिए । हरेक कर्मचारीहरुको टुबलमा रक्सी र नास्ता राखर मात्रै काम भएको थियो ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: