चीनको बाधले तराईका जिल्लामा खतरा


 खुवासभाको अरुण नदी सिमानामा चिन सरकारले निर्माण गरेको पक्की संरचनासहितको तटबन्धका त्यस क्षेत्र भएर तराई पुग्ने नदीहरुमा पानीको बहाव उच्च भइ रौटहट, वारा र पार्सा जिल्ला बाढीले प्रभावित भएका छन् । संखुवा सभामै पनि वाढिले नेपाली भुमि तिव्र रुपमा कटान भईरहेको छ । कटानका कारण भोटखोला गाउँपालिका–१, हेमाथांका बस्ती उच्च जोखिममा छ। चीनले निर्माण गरेको पक्की संरचनासहितको बाँधले खोलाको धार परिवर्तन भएर धमाधम बस्ती कटान भइरहेको भोटखोला–१ का अध्यक्ष तेन्छेवी शेर्पाले वताए । किमाथांका–१ मा एक सय परिवारको वसोवास छ । चीनले आफ्नो चाँगा बजारको सीमाना जोगाउन नेपालतर्फवाट करिब १ किलोमिटरको दुरीमा तटबन्ध बनाएको छ । तिङ गीसेनबाट रिउ हुदै चाँगा बजारसम्म आउने सडकमा चिनले अरुण नदीको वाँध वनाएको छ । सन् २०१७ देखि नै बाँध निर्माण थालिएको थियो । पञ्चवर्षीय योजना अन्तर्गत सुरु भएको काममा स्काभेटर प्रयोग गरी बालुवा, गिटी निकालिएको छ । यसले ठुलो समस्या निम्त्याउनले शेर्पाले बताए । चीनले बनाएको संरचनाबारे गत मंसिरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, प्रमुख जिल्ला अधिकारी लगायतको २७ जनाको टोलीले अनुगमन गरेको थियो । अनुगमनमा संलग्न संखुवासभाकै प्रदेशसभा सांसद सरिता थापा खड्काले चिनिया पक्षले अरुण किनारामा सडक खनेकाले त्यसको सुरक्षाका लागि आरसीसि ढलानसहित तटबन्ध उठाएको बताइन् । उक्त क्षेत्रमा नाका खोल्न २०० रोपनी जग्गा मात्र समथर भूभाग छ । त्यसको व्यवस्थापन नहुने हो भने नाका खोल्न समस्या हुने मात्र होइन अरुण नदीले धार परिवर्तन गर्दा त्यस क्षेत्रको भू–भाग नै समस्यामा परेको उनले जानकारी दिइन् । वाँधको कारण कटान सुरु भएकाले वर्षायाममा बाढीको समस्या बढने गरेको छ । सीमा क्षेत्रमा एकाएक संरचना बनाई नेपाली भूभागतर्फ नदी छाडेपछि नेपाली भूभाग विस्तारै बगाउने देखिएको छ । यद्यपि समस्या समाधानका लागि सिँचाईमन्त्री वर्षमान पुनले पनि हेलिकोप्टरबाट अवलोकन गरेका थिए । प्रादेशिक मुख्यमन्त्रीसहित संघीय सरकारका अन्य मन्त्रीले पनि भ्रमण गरी वस्तुस्थिति बुझेका थिए । समस्या समाधानका लागि केन्द्र सरकारले डेढ करोड बजेट छुट्याएको थियो । बजेटबाट १०८ मिटर तटबन्ध निर्माण गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिए । ‘नाका सञ्चालनका लागि जिरो प्वाइन्ट त्यहीँ हो । उनीहरुले बनाएको संरचनाले हाम्रो कटान मात्र भएको छैन ठूलो चउर त डुबान नै गरिसक्यो । भोलि नाका सञ्चालनका लागि पनि ठाउँ छैन ।’ उनले स्पष्ट पारे । संखुवासभाका प्रतिनिधि सभा सांसद् राजेन्द्रप्रसाद गौतमले पनि तटबन्ध बनाएर चीनले चिनिया भूभागको रक्षामा लागेको बताए । ‘उसले तटबन्ध बनाएर आफ्नो क्षेत्र सुरक्षा गरेको हो । हामीले पनि आफ्नो क्षेत्रपट्टि तटबन्ध बनाएर लगेका छौँ ।’
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: