दोर्दीखोलाले तीन जनालाई बगायो, ११ बेपत्ता, पाँच घाइते



लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो एक्कासि आएको बाढीले तीन जनालाई बगाएको छ । खोलामा दिउँसो ३.०० बजेतिर आएको बाढीले निर्माणधीन जलविद्युत आयोजनाका कामदारलाई बगाएको प्रहरीले बताएको छ ।
बाढीले बगाएका दुई जनाको शव दोर्दी गाउँपालिका¬¬ ४ नौथर शेरा नजिकै र एक जनाको शव दोर्दी गाउँपालिका ६ कीर्तिपुरबेंसीमा फेला परेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार शव फेला परेका तीनै जना पुरुष हुन् । उनीहरू दोर्दीखोलामा निर्माणधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बाढीमा परी ११ जना बेपत्ता भएका छन् । पाँच जना घाइते भएका छन् । घाइतेको नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले उद्दार गरी अस्पताल ल्याइने तयारी गरिएको छ ।
बेपत्ता भएकाहरु बाढीले बगाएको पनी हुन सक्ने र कतै गएर बसेको समेत हुन सक्ने प्रहरीले बताएको छ । यस्तैगरी, ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्यतु आयोजनामा चार जना कामदार घाइते भएको आयोजनाका सञ्चालन इजन बरालले बताउनुभयो । थप क्षति विवरण आउन भने बाँकी नै रहेको प्रहरीले बताएको छ ।
प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बाढीले स्थानीय तथा कामदार हाताहाती भएको जानकारी पाएलगत्तै प्रहरी साथै सुरक्षा संयन्त्रका प्रमुखहरू घटनास्थलतर्फ गएको र उध्दारमा खटिएको बताउनुभयो । जलविद्युत आयोजनामा क्षति पु¥याएको र काम गर्ने ठाउँमा बाढी पस्दा धनजनको क्षति पुगेको स्थानीयले बताएका छन् ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: