अबिर वर्षाको कारण खेती योग्य जमिन बगरमा परिणत

अविरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले करोडौँ मूल्य बराबरको खेतीयोग्य जग्गा बगरमा परिणत भएको छ ।केही याता अघि आएको बाढिको कारणले गर्दा समस्या भएको छ । अत्याधिक वर्षाको कारणले आएको बाढिको कारणले गर्दा खेती योग्य जमिन बरमा परिणत भएको हो ।  लालबकैयामा पटकपटक आएको बाढीले रौतहटको कटहरिया, फतुुआ विजयपुुर, मौलापुर, देवाही गोनाही, बौधीमाई, राजपुर नगरपालिकाअन्तर्गतका सयौँ बिघा खेतीयोग्य जग्गा बगरमा परिणत भएको छ । गत असार २७ र २८ गते लालबकैया नदीमा आएको बाढीले वडा नं. ४ का २४ जनाभन्दा बढी किसानको ५० बिघाभन्दा बढी जग्गा बालुुवाले पुरिएर बगरभैmँ बनेको वडा अध्यक्ष चन्दन कुुशवाहाले बताउनुभयो ।
त्यसैगरी असार २७ र २८ गते लालबकैयामा आएको बाढीले नदी किनारका करिब आधा दर्जन स्थानीय तहअन्तर्गत सयौँ बिघा जग्गा बगर बनेको छ । बगरमा परिणत भएको अधिकांश जग्गामा धानबाली र उखुुबाली लागेको थियो ।भारतीय सरकारको सहयोगमा केही वर्षअघि भारतीय सिमानादेखि केही माथि जङ्गलसम्म बाँध बनाउँदा कटान र डुुबान समस्या केही हदसम्म निराकरण भएको थियो तर २०७४ साउन २९ गते लालबकैया नदीमा आएको ठूलो बाढीले उक्त बाँधमा दर्जनौँ स्थानमा कटान तथा क्षति पु¥याएको थियो ।
दुुई वर्षअघि क्षतिग्रस्त बाँधको गत वर्ष पुुनः मर्मत भए पनि लालबकैया नदीमा पक्की बाँध निर्माण नभएका कारण कटान र डुुबान समस्या स्थायी रूपमा समाधान हुन नसकेको पीडित जिल्लावासीहरूले गुनासो गरेका छन् ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: