नगरले निकासा नगर्दा नमूना विद्यालयको रकम फ्रिज


नमुना विद्यालय निर्माणका लागि सरकारबाट प्राप्त रकम जीतपुरसिमरा उपमहानगरपालिकाले समयमै निकासा गर्न नसक्दा नगरका २ वटा नमुना विद्यालयको रकम फ्रिज भएको छ ।  जीतपुरसिमरा उपमहानगरले समयमा शिक्षा फाँटका कर्मचारी पदस्थापन गर्न नसक्दा यहाँका श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय सिमरा र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियाको बजेट फ्रिज भएको हो । शिक्षा मन्त्रालयले देशभरीका मापदण्ड पुगेका १ हजार बिद्यालयलाई नमुना बिद्यालयका रुपमा बिकास गरी नेपालमा आधुनिक बिद्यालयको मोडेल तयार पार्ने भनेर ‘नमुना बिद्यालय ब्यवस्थापन निर्देशिका २०७४’ तयार पारी बिद्यालय छनौट गरेको थियो । सरकारले घोषणा गरेका मध्ये बारा जिल्लामा परेका ५ वटा नमुना बिद्यालयहरुमा श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय सिमरा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सपही, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया, नेपाल राष्ट्रिय माध्यमिक बरेवा र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गढीमाई रहेका छन् । तर स्थानीय सरकार आइसकेपछी शिक्षा समन्वय इकाईको जिम्मेवारी स्थानिय तहले लिनुपर्ने नीतिगत ब्यवस्था मिलाईयो । सोही अनुसार नमुना बिद्यालय निर्माणका लागि मन्त्रालयबाट निकासा भएको पहिलो किस्ताको रकम स्थानिय तह हुँदै बिद्यालयको खाता आउने ब्यवस्था छ ।  जितपुर सिमरा उपमहानगरपालिकाको खातामा यस बर्षका लागि आएको रकम १ करोड ५० लाख मध्ये प्रशासनिक खर्च ५२ लाख मात्र बिद्यालयले खर्चिने भएको छ । शिक्षा मन्त्रालयको ५ बर्षे योजना अनुसार नमुना बिद्यालय निर्माणको लागि यस बिद्यालयलाई यो बर्ष १ करोड ५० लाख आएको थियो ।  जिल्लाका अन्य ३ वटा विद्यालयको रकम भने विद्यालयको खातामा आईसकेको र काम भएपछि भुक्तानी हुने गरी हाल खाता रोक्का गरिएको सम्बन्धित विद्यालयले जनाएका छन् । नमुना बिद्यालय निर्मााणका लागि आएको रकम नगरपालिकाले बिभिन्न बहानामा नियतबस फ्रिज गरिदिएको बिद्यालयको आरोप छ । ६ महिना अघि नगरपालिकामा प्रस्ताव लिएर जाँदा नगरपालिकाले शिक्षा हेर्ने सम्बन्धित अधिकृत नभएको भन्दै फर्काएको नेरामावि, सिमराका लेखा अधिकृत उद्धव अधिकारीले बताउनुभयो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: