विस्थापित परिवारहरुको पुर्नस्थापनाको पहल शुरु गरेका छौ ः मुख्यमन्त्री राउत


  मुख्यमन्त्री लालबाबु राउतले बाढी बाट विस्थापित भएका परिवारहरुको पुर्नस्थापनाको लागि आफुले पहल शुरु गरि सकेको बताए ।
गतसाता आएको भिषण बाढीले प्रदेशका हजारौ परिवार घरबार विहीन भएको उल्लेख गर्नु हुँदै उहाँले प्रदेश सरकारले विस्थापित परिवारलाई पुर्नस्थापना गर्न संघीय सरकार लगायतका दातृ निकायहरु संग पहल शुरु गरि सकेको जानकारी गराउनु भएको छ ।
रौतहट जिल्लाको क्षेत्र नं.१ को प्रदेशसभा सभा ख को माधव नारायण नगरपालिका वडा नं. ७ मा आयोजित राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले बाढी आए लगतै प्रदेश सरकार राहत तथा उद्धारमा जुटेर संघीयताको मर्मलाई स्थापित गरेको दावी समेत गर्नु भयो ।
उहाँले भन्नु भयो ,‘ संघीयताको अर्थ नै यही हो, तपाईहरुले चुन्नु भएको सरकार तपाईहरुको हरेक सुखदुखमा साथ छ । राहतको कार्यलाई तिब्रता दिएका छौ । अब हामी पुर्नस्थापना र पुर्ननिर्माण तिर केन्द्रित हुँदै छौ । पुर्नस्थापना र पुर्ननिर्माण प्रदेश सरकारको बुता भन्दा बाहिर छ त्यसैले संघीय सरकार र अन्य दातृ निकाय संग पहल शुरु गरेका छौ । ’
कार्यक्रममा विशिष्ट अतिथि एवम प्रदेश नं. २ भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले रौतहट पुर्णरुपमा प्रभावित भएकोले प्रदेश सरकारसंग बाढीग्रस्त क्षेत्र घोषणा गर्ने माँग गर्नु भएको छ ।
असार २८ गते आएको विनाशकारी बाढीबाट मानविय क्षतिका साथै पशु चौपाया र कृषि क्षेत्र पनि पुर्णरुपमा प्रभावित भएकाले बाढीग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने र यस जिल्लाका लागि विषेश पैकेज ल्याउनु पर्ने माँग राज्यमन्त्री यादवले गर्नु भएको हो ।
राहत वितरण कार्यक्रममा क्षेत्र नं. १ (ख) को १९ वडा तथा (क) को २ वडा गरि जम्मा २१ वडाका ७ सय ५० बाढी पिडितहरुलाई राहत वितरण गरिएको छ ।
माधव नरायण नगरपालिका मेयर विरेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा प्रदेश सभा सदस्य अब्दुल कलाम अजाद (फुलवाबु), बाबुलाल साह कानू, किशोरी यादव, सांसदका प्रत्यासी किरण साह, देवाही गोनाही नगरपालिका मेयर धमेन्द्र कुमार पटेल लगायतहरुको सहभागिता रहेको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: