जनताको दुखमा राज्यमन्त्री मण्डलको साथ


बाढि पिडित हुदा जनताको घर घरमा राहत लिएर जाने,मधेसमा विकास भएन भने गुनासो आउदै गरेको अवस्थामा गाउलाई उज्यालो पार्ने जस्ता जनतासंगको प्रत्यक्ष सरोकार राख्ने मुद्दामा अग्रस्थान उभिने मन्त्री हुन उद्योग,पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डल । प्रदेश सरकारका केही मन्त्रीहरुको क्रियाकलापको चारै तिर आलोचना भईरहेको अवस्थामा मण्डलले जनतासंग प्रत्यक्ष सरोकारा राख्ने र समस्या समाधानको लागि आफनो तर्फबाट क्रियाशिल मन्त्री मध्ये एक हुन । युवाहरु राजनितिमा आउन नसकेको अवस्थामा युवाहरुको प्रतिनिधित्व गर्दै प्रत्यक्ष राजनितिमा होमिएका मण्डलले राजनितिलाई समाजसेवाको माध्यमको रुपमा प्रस्तुत गर्नु भएको छ। सिरहा प्रदेशसभा निर्बाचन क्षेत्र नं. ४ (ख) मुख्यतः ग्रामीण बसोबासले भरिएको बिसुद्ध गाउँले परिबेश हो । यहाँका जनताहरु बिधुतिय उर्जामा निर्भर छन, जुन आफै आत्मनिर्भर हुन सकेको छैन । छिन छिनमा बत्ती कट्ने (लोडसेडिङ) प्रकोप जारी नै छ । नेबिप्राको अबस्था पनि हायलकायल छ । यहि आक्रान्त अबस्थाबाट थोरै भएपनि राहत स्वरुप मैले गाउँ उज्यालो अभियान थालनी गरेको छु । पहिलो चरणमा गाउँको चौक चौराहा, हटिया र सार्वजनिक स्थलहरु उज्यालो पार्ने सोंचका साथ टोलटोलमा पर्नेगरी जम्मा ३७ स्थानमा बैकल्पिक उर्जा (सोलार बत्ती) जडान गरेको छु । साँझमा आफै बल्ने र बिहान आफै निभ्ने सेन्सरयुक्त यस सोलार प्रणालीमा डबल लाइट,डबल सोलार प्यानल र हाई क्वालिटी ड्राई ब्याट्री जडान गरिएको छ । ब्याट्रीको पाँच बर्ष र बाँकी पोल,प्यानल र लाइटको पच्चीस बर्षको ग्यारेन्टी सोलार कम्पनी समृद्ध नेपालले दिएको छ । आगामी दिनमा गाउँ उज्यालो अभियान अन्तर्गत सोलार जडान कार्यक्रमलाई टोलटोलमा पुर्याउने उहाको लक्ष्य रहेको छ ।

सिरहामा अपांगता भएका व्यक्तिहरुलाई रिक्साको आभावमा समस्या हुदै आएको थियो । त्यो समस्यालाई समाधान गर्नको लागि समेत राज्यमन्त्री मण्डलले उनिहरुलाई रिक्सा प्रदान गरेर समस्या समाधान गरेका छन। प्रदेश २ का उद्योग, बन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले १३ अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरेका छन्।राज्यमन्त्री मण्डलले सिरहामा एक समारोहबीच ह्ह्विलचेयर वितरण गरेका हुन्। राज्यन्त्री मण्डलले अपाङ्गता भएकालाई समाजमा हेर्ने दृष्टिकोण फरक भएको उल्लेख गर्दै उनीहरुको आयआर्जनमा टेवा पुगोस् भन्ने उदेश्यले ह्विलचेयर वितरण गरिएको बताए।ह्विलचेयर पाएपछि अपाङ्गता भएका व्यक्तिहरुले नयाँ हातखुट्टा पाएझै भएको भन्दै त्यसबाट आफ्नो जीवन यापन सहज बन्ने विश्वास व्यक्त गरेका छन्। बाढिको कारणले तराई समस्यामा परिरहेको अवस्थामा उनिहरुको घाउमा मलहम लगाउने उदेश्यले राहत वितवरण गरेका छन । प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाको कल्याणपुर नगरपालिका ३ इटारी प्रसाहीका बाढी पीडितलाई शनिवार राहत वितरण गरेका छन् ।
प्रदेश सरकारको राहत राज्यमन्त्री मण्डलले इटारी प्रसाहीका ६ सय बाढी पीडितलाई बाँडेका हुन् । प्रति पीडि परिवारलाई २५ किलो चामल, २ किलो चना, १ लिटर तेल, ४ किलो दाल, चटाइ, झुल र लुगा धुने तथा नुहाउने सावुन १र१ थान सहितका राहत सामग्री बाँडिएका छन् ।
असारको अन्तिम साता कमला नदीमा आएको भिषण बाढी गाउँ पसेपछि यस क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो । तर हालसम्म संघीय सरकारले राहत बाँडेका छैन ।राज्यमन्त्री मण्डलले आफ्नो प्रयासमा प्रदेश सरकारको राहत बाँडेका छन् । अहिले पनि कैयौं बाढी पीडितहरु विद्यालयमा बसिरहेका छन् ।
घर नै भत्केपछि उनीहरु विद्यालयमा बस्न बाध्य भएका हुन् । पीडितहरुले घर बनाइदिन संघीय सरकारसँग माग गरेका छन् । राज्यमन्त्री मण्डलले घर निर्माणका लागि पहल जारी राखेको बताए ।



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: