विकास जनसंख्याको आधारमा हैन आवश्यकताको आधारमा हुनुपर्छःसंचार मन्त्री


सुचना संचार तथा प्रविधि मन्त्री गोकुल वास्कोटाले विकास जनसंख्याको आधारमा नभएर आवश्यकताको आधारमा हुनुपर्ने बताउनुभयो । उहाले अहिलेको आवश्यकता एक अर्कामाथि आरोप लगाउनुको साटो सहकार्य मार्फत विकासलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

जनकपुरको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयलाई प्रदेश नम्बर २को सुचना प्रविधि मैत्री विद्यालय समुदाघटन कार्यक्रमलाई बोल्दै मन्त्री वास्कोटाले  राजमार्ग दक्षिणमा विकास किन हुदैन भन्ने सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाले विकासमा हुने गरिएको राजनितिको कारणले राजमार्ग दक्षिण तिरको विकासमा कमि आएको बताउनुभयो । उहाले मुद्दलाई जिवन्त राखेर राजनिति गर्नुको साटो समस्यालाई पहिचान गरेर समाधान गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । सबैले आ आफनो स्तरबाट जनताको बिचमा गरेको बाचा पुरा गरेको खण्डमा विकास समेत रहेको उहाको कथन रहेको थियो ।
मन्त्री वास्कोटाले विकासको लागि आउने गरिएको बजेट कुनै व्यक्तिको नभएर जनताको पैसा रहेको र जनताको हितमा खर्च गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाले विगतमा कुन सरकारले के गरियो के गरेन त्यो सोच्नुको साटो जनताले गणतन्त्र ल्याएको र गणतन्त्र जनताको व्यवस्था रहेको र सोही अनुसारले काम गर्नुपर्ने बताउनुभयो । गणतन्त्र भनको शोषण सहित समाज र न्यायपुर्ण समाज रहेको बताउदै मिथिलाको सभ्यता निकै पुरानो सभ्यता रहेको बताउदै यसको विकास गरेर समाजिक सदभावको रुपमा अगाडि बढनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
मन्त्री वास्कोटाले विकासको अहिलेको खाचो रहेको बताउदै समाजमा देखिएको गरिबीलाई समाप्त पार्नको लागि अहिले आवश्यकता रहेको बताउनुभयो । उहाले प्रविधि युक्त समाजले मात्रै प्रगति गर्ने भएको कारणले गर्दा यस तर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।वास्कोटाले समाजिक न्यायको लागि अहिले प्रमुख चुनौतीको रुपमा गरिबी आएको चर्चा गर्दै गरिबी हटाउनको लागि सबैले आ आफनो तहबाट विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री बास्कोटाले विद्यालयलाई स्मार्ट विद्यालय घोषणा गरे जस्तै सात वटै प्रदेश र देश भरका १ हजार ३० विद्यालयलाई सूचना प्रविधि मैत्री विद्यालय (स्मार्ट स्कूल )को रुपमा विकास गर्न सरकार लागेको बताएका छन् । मिथिला सभ्यताको केन्द्र जनकपुरधामको आफ्नै मैथिलि संस्कÞृति रहेको जानकारी मन्त्री बास्कोटाले बाजुराभन्दा धनुषाको शिक्षा कमजोर भएको बताए । उनले प्रश्न गर्दै भने, ‘अब तिनै तहको दायित्व भनेको शिक्षा स्तर कसरी राम्रो बनाउने हो ।’
कुनै बेला ज्ञान भूमिको रुपमा परिचित यस मिथिलाको केन्द्र जनकपुरमा संस्कृतिक भाषाको पढाई पढ्न आफ्नो गाउँ पहाडबाट पनि मान्छेहरु आउने गरेको सम्झदै उनले यस स्थानमा शिक्षाको स्तर खराब हुनुमा कस्को कस्को दोस छ ? त्यस्तै अब सबै मिलेर शिक्षा अवस्था राम्रो बनाउनुपर्छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व मेयर बजरंग साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले भने, ‘चुनावको बेला स्थानीय, प्रदेश र संघले के कसम खाएर चुनाव जित्या त्यो मात्र पूरा गरे धेरै समस्याहरुको समाधान हुन सक्छ ।’तराई मधेशमा दाइजो र बोक्सीको समस्याहरु पनि थुप्रै सुनिदै आएको बताउदै उनले भने, ‘मैथिली संस्कृतिकमा दाइजोको समस्या हुनु नराम्रो संकेत हो ।’
कार्यक्रममा प्रदेशसभा सदस्य परमेस्वर साह, जनकपुर उपमहानगरकी उपमेयर रिता मिश्र, जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादव, उपप्रमुख दीपक झा, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेल, जिल्ला प्रहरी कार्यालय धनुषाक प्रमुख शेखर खनाल, स्थानीय गणेश साह विद्यालयका शिक्षक, शिक्षिका र विद्यर्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । मन्त्री वास्कोटाले जनकपुरबाट संचालन हुने कलर्श एफएमको समेत समुदाघटन गर्नु भएको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: