रेणु यादवलाई प्रमुख अतिथि बनाएपछि क्याम्पसमा झडप


क्याम्पस दिवसमा आफूलाई उपेक्षा गरि एक पक्षिय ढंगबाट कार्यक्रम आयोजना गरेको भन्दै दाता परिवारका एक पक्षका सदस्यले तालाबन्दी गरेपछि मंगलबार राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस दिनभर तनावग्रस्त बन्यो ।तनावले झडपको स्थिति नै सृजना भएपछि क्याम्पसको स्थापना दिवस दाता स्व. बिन्देश्वरी यादवको प्रतिमामा फुलमाला अर्पण गरी स्थगित गरिएको छ । स्व. बिन्देश्वरी यादवले १ सय १७ विगहा जग्गा दिई बि.स. २०१४ सालमा स्थापना भएको क्याम्पसमा श्रावण शुल्क त्रियोदशीका दिन प्रत्येक वर्ष कयाम्पस दिवस मनाउँदै आएको छ ।दाता स्व. यादवका जेठा छोरातर्फका नातिनी बुहारी रेणु यादवलाई मात्र पटक पटक सम्मान गर्ने र प्रमुख अतिथिका रुपमा बोलाउने गरेको भन्दै स्व. यादवका कान्छा छोरातर्फकी नातिनी बुहारी ललितादेवी लता यादव पक्षले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेपछि विवादले उग्र रुप लिएका कारण कार्यक्रम स्थगित गर्नु परेको क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्राले बताए ।उनले रेणु यादवलाई प्रमुख अतिथि बनाउने आफ्नो एकल नभई क्याम्पस प्रशासन र कर्मचारी सबैको सामूहिक निर्णय भएको भन्दै अनावश्यक विवाद उठाई कार्यक्रम नै भाँडिएको गुनासो पोखे । पूर्व शिक्षा मन्त्री समेत रहेकी रेणु यादव जग्गादाता स्व. बिन्देश्वरी यादवका जेठा छोरा इन्द्रदेव यादवका एक मात्र छोरा स्व. अशोक यादवकी पत्नी हुन् भने ललितादेवी लता यादव कान्छो छोरा धर्मदेव यादवतर्फका छोरा राजेश यादवकी पत्नि हुन् ।
क्याम्पस दिवसको सम्पूर्ण तयारी पूरा भई मंगलबार क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रममा रेणु यादवलाई प्रमुख अतिथि बनाउने थाहा पाएर ललिता देवी लता यादव पक्षका मान्छेले नाराबाजी गर्दै तालाबन्दी गरेपछि स्थिति तनावग्रस्त बन्यो । तालाबन्दी गर्ने र खोलाउने पक्षबीच झडप नै हुन थालेपछि क्याम्पस प्रमुखले प्रहरी झिकाई स्थिति साम्य पार्ने प्रयास गरेका थिए । तर, पनि अवस्था तनावपूर्ण रहेपछि क्याम्पसले कार्यक्रम स्थगित गरेको सूचना नै टाँस गर्नुपरेको छ ।
तालाबन्दी गर्ने पक्षका नेतृत्व गरेकी ललिता देवी लताले क्याम्पस प्रमुखले दाता परिवारका एक पक्षलाई सम्मान गर्ने र अर्को पक्षलाई अपमान गर्ने गरेका कारण बाध्य भई तालाबन्दीमा उत्रनु परेको बताएकी छिन् । अर्कोतर्फ पूर्व शिक्षा मन्त्री समेत रहेकी दाता परिवारकै अर्का सदस्य रेणु यादवले क्याम्पस प्रशासनले आफूलाई प्रमुख अतिथि बनाउने निर्णय गरेकाले सहभागि हुन आएको भन्दै यसमा अनावश्यक विवाद र बखेडा झिक्नु गलत भएको प्रतिक्रिया दिएकी छिन् । यता क्याम्पस दिवसको भब्य तयारी गरिएका बेला दाता पक्षकै विवादका कारण कार्यक्रम स्थगित गरिएकोमा क्याम्पस प्रशासन तथा विद्यार्थीहरुमा निराशा छाएको छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: