प्रदेशको नाम र राजधानीको टुगो लगाउने प्रकृया सुरु



निकै लामो समय देखि प्रदेश नम्बर २को राजधानी र नामको विषयमा टुगो नलागेको खण्डमा अहिले अहिले प्रकृया सुरु भएको छ ।प्रदेश २ का सभामुख सरोजकुमार यादवले प्रदेशको नाम राजधानी तोक्ने प्रक्रिया थालेका छन् । प्रदेशसभा कार्य सञ्चालन पहिलो संशोधन नियमालीले प्रदेश २ को नाम र राजधानी तोक्ने मार्ग खुलाएपछि सभामुख यादवले प्रक्रिया अघि बढाएका हुन् ।पहिलो पटक संशोधन भएको नियमावलीको व्यवस्थाअनुसार सभामुख यादवले प्रदेशको नमाकरण र राजधानीसम्बन्धी प्रस्ताव दर्ताको सूचना आइतबार निकाल्ने तयारी रहेको प्रदेश २ संसद् सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार प्रदेशको नामासम्बन्धीको प्रस्ताव दर्ता गराउने समय साउन २६ देखि भदौ १२ गतेसम्म तोकिने छ ।
शनिबार सर्वदलीय बैठक बोलाएर सभामुख यादवले प्रदेशको नाम र राजधानीको प्रस्तावका लागि सूचना निकाल्ने निर्णय गराएका हुन् । नियमावली संशोधन मस्यौदा समिति सभापति रामसरोज यादवले पहिलो संशोधन नियमावलीसम्बन्धी प्रदेशसभा बैठकमा राखेको प्रस्ताव शनिबार सर्वसहमतिबाट पारित भएपछि सभामुख यादवले प्रदेशको नामसम्बन्धी प्रस्तावका लागि सूचना निकाल्ने तयारी गरेका हुन् । नियमावलीको नियम ७३ पछि राजधानी र प्रदेशको नमाकरणको निर्णयसम्बन्धी व्यवस्था थप गरिएको छ ।
संशोधित नियमावलीमा नमाकरणसम्बन्धी प्रस्तावको लागि दर्ताको सूचना सभामुखले तोके बमोजिम हुने र दुई जना सांसदको समर्थनसहित कुनै पनि प्रदेशसभा सदस्यले प्रस्ताव सचिवलाई बुझाउने व्यवस्था गरिएको छ । दर्ता भएको प्रस्ताव समितिमार्फत टुंगो लगाएर दुई तिहाइ बहुमतको प्रक्रियाबाट पारित भएपछि सभामुखले प्रस्ताव बमोजिमको नाम कायम गर्न सक्ने छन् ।
नाम र राजधानीबारे प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद विभाजित छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरबारे एक मत भए पनि प्रदेशको नामबारे एउटै दलका सांसद्मा पनि फरक मत देखिन्छ । सता पक्ष समाजवादी पार्टी र राजपा प्रदेशको नाम मधेस र राजधानी जनकपुर राख्ने तयारीमा छन् । प्रतिपक्ष नेकपा र नेपाली कांग्रेसका सांसद मधेसको विकल्पमा मिथिला, मिथिला–भोजपुरा र जानकी प्रदेशको पक्षमा छन् । नाम र राजधानी तोक्न आवश्यक दुई तिहाइ भने सता पक्ष र प्रतिपक्ष कसैसँग छैन ।
प्रदेश २ मा सत्ता पक्ष समाजवादी २९ र राजपाको २५ सांसद छन् ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: