महिला हत्याको आरोपमा दुई पक्राउ


महोत्तरी प्रहरीले मोवाईलको आईएमई नम्बरको आधारमा महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।गत असार ५ गते गौशाला नगरपालिका १० की अन्जु श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानको क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोवाईलको आईएमईका आधारमा स्थानिय दुई जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएका हनु ।आईतबार पक्राउ गरेको गौशाला नगरपालिका २ का ४१ बर्षका दशै ठाकुर र सोही नगरपालिका वडा नं. ८ का ३६ बर्षका राजकिशोर गिरीलाई ईलाका प्रहरी कार्यालय गौशालाले सोमबार विहान पत्रकार सम्मेलन गर्दै सार्वजानिक गरिएको छ । ईलाका प्रहरी कार्यालय गौशालाका अनुसार मृतक श्रेष्ठले वोक्दै आएको मोवाईल गिरीको घरमा वरामद भएको र सोहीको अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ हो ।गत असार ५ गते मध्यरातिको समयमा गौशाला नगरपालिका १० की अन्जुकुमारी श्रेष्ठलाई धरिलो हतियार प्रहार गरि हत्या भएको थियो । हतियार प्रहार गरि फरार भएको समुहले मृतक श्रेष्ठले वोक्दै आएको मोवाईल समेत लुटेका थियो ।हत्याको घटनाको अनुसन्धानको क्रममा मोवाईलको आईएमईको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक किशोर अचार्यले पत्रकारलाई बताएका छन । प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार आरोपीलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरि अनुसन्धान अगाडि बढाईएकोले अनुसन्धानबाट थप सत्यतथ्य वाहिर आउने जनाएका छन ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: