मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको छ । स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु ३५ जना बेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ । बुधबारसम्म यस घटनामा परी २६ बेपत्ता भएका थिए । देशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबारबाट मुसलधारे वर्षा शुरु भएको अधिकारीहरूले जनाएका छन् । Surfe.be - passive income बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि शुरु भएको प्राकृतिक प्रकोपबाट अन्य छ जना घाइते भएका थिए भने, एक लाखभन्दा बढी विस्थापित भएका थिए । विस्थापित भएकाहरूलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरूले जनाएका छन् ।Surfe.be - passive income प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरूलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरू पु¥याउदै गरेको जनाएको छ । अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक पनि वेन्चाउ क्षेत्रमा अलपत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै अड्किएका पनि अधिकारीले जनाएका छन् । स्थानीय अधिकारीहरूले अप्ठ्यारोमा परेका पर्यटकहरूको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन् । Surfe.be - passive income अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलगायत राहत वितरण कार्य जारी रहेको जनाइएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: