रवि लामिछानेसहित तीनै जनालाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न आदेश


पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । आज जिल्ला अदालत चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तीनै जनालाई आत्महत्या दुरुत्साहनको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरी हिजो चितवन लगेको थियो । पत्रकार पुडासैनीले चितवनको कङ्गारु होटलमा साउन २० गते आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा आफूलाई लामिछानेलगायत पक्राउ परेका तीनै जनाले आत्महत्याका लागि बाध्य पारेको बताएका थिए । उक्त भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: