राजकिय सम्मानका साथ सुष्मा स्वराज दाहसंस्कार


भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ तथा पूर्व विदेश मन्त्री सुषमा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । न्यू दिल्लीको लोधी रोडमा रहेको विद्युतीय शवदाह गृहमा स्वराजको अन्तिम संस्कार गरिएको हो । अन्तिम संस्कारको सम्पूर्ण काम छोरी बाँसुरी स्वराजले गर्नु भएको थियो । उहाँलाई स्वराजका श्रीमान् कौशल स्वराजले साथ दिनु भएको थियो । सुषमा स्वराजको निधनमा भारत र विश्वभरिबाट नै ठूला नेताहरुले दुःख व्यक्त गरेका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसमेत ठूला नेताहरु स्वराजको घरमै पुगेर श्रद्धाञ्जली दिनु भएको थियो ।  सुषमा स्वराजको अन्तिम संस्कार यात्रामा पनि निकै ठूलो भीड लागेको थियो । राजनाथ सिंह, जेपी नड्डा, रवि शंकर प्रसाद, पीयूष गोयल लगायतले स्वराजको पार्थिव शरीरलाई काँध दिनु भएको थियो । प्रधानमन्त्री मोदी, लालकृष्ण अडवाणी, उपराष्ट्रपति एम वेंकैया नायडू, राजनाथ सिंह, भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोब्गेलगायतले विजेपी मुख्यालय पुगेर सुषमा स्वराजको अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो । त्यस्तै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि विजेपी मुख्यालय पुगेर सुषमा स्वराजप्रति अन्तिम संस्कार प्रदान गर्नु भएको थियो । सुषमा स्वराजको निधनलाई लिएर भारत र विश्व राजनीतिले अपूरणीय क्षति भएको बताएका छन् ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: