आज दिउँसो देशका पूर्वी र मध्य भूभागहरूमा सामान्य देखि पूर्ण वदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशको पश्चिमी भू भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मध्य र पूर्वी नेपालका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज रातीको मौसम पनि सामान्यतया बदली रहनेछ । आज राति पूर्वी र मध्य भूभागहरूका केही स्थानहरुमा र पश्चिमी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
आज दिनभर मौसम बदली हुने

0 comments:
Post a Comment