बाराको करिब २० हेक्टर अतिक्रमित क्षेत्रमा पुनः बृक्षरोपण


प्रदेश नम्बर दुईले सुरु गरेको ‘हरित अभियान’ अन्तर्गत बाराको करिव २० हेक्टर अतिक्रमित क्षेत्रमा बृक्षरोपण गरिएको छ । प्रदेशका आठै जिल्लामा सुरुवात गरिएको यो अभियानअन्तर्गत बारामा प्रदेशका भौतिक पूर्वाधार मन्त्रि जितेन्द्र सोनलले रुख रोपी कार्यक्रम सुरुवात गरेका हुन् । आजै जिल्लाको कोल्हबी नगरपालिकाको वडा नं. ३ जुगुवा र वडा नं. ५को बलुवामा गरि करिब २० हेक्टर क्षेत्रफलमा २० हजार भन्दा बढी बिरुवा रोपिएको छ । स्थानीयबाटै अतिक्रमणको चपेटामा परेको बन क्षेत्रमा मसला, टिक, अमला, सतिसाल, महोगनी, सिमल, बकाईनो लगायत प्रजातीका बिरुवा बृक्षरोपण गरिएको हो । बृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै प्रदेश मन्त्री सोनलले पर्यावरण असन्तुलनबाट नेपालको हकमा सबैभन्दा बढी असर प्रदेश दुईमा नै पर्ने भएकाले प्रदेश सरकारले पर्यावरण जोगाउन यो अभियान थालनि गरेको बताउनुभयो । Surfe.be - Banner advertising serviceबाढीबाट सबैभन्दा बढी असर यसै प्रदेशमा पर्ने, अत्याधिक चिसो र अत्याधिक गर्मीबाट यसै प्रदेशका जनता मारमा पर्ने भन्दै मन्त्री सोनलले प्रकृतीक प्रकोपबाट सबैभन्दा बढी यही प्रदेश प्रभाबीत हुने गरेको बताउनुभयो । तराई क्षेत्रमा तिब्र रुपमा भैरहेको बन फँडानी, चेरे क्षेत्रको तिब्र दोहन, अब्यवस्थित बसोबास लगायतका कारण यस्तो समस्या निम्तिएको भन्दै उनले तत्काल पर्यावरण जोगाउन तर्फ नलागे यसले बिकराल रुप सृजना गर्नसक्नेतर्फ सचेत हुन समेत उहाँको आग्रह थियो ।Surfe.be - Banner advertising service
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: