जनकपुरको मठमन्दिरहरुमा झुलनोत्सवक महोत्सव सुरु


सांस्कृतिक परम्पराअनुसार जनकपुरस्थित मठमन्दिरमा झुला महोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि सुरु भएको झुला उत्सव पूर्णिमासम्म मनाउने परम्परा छ । झुलाको पहिलो दिन मणि पर्वत सम्पन्न भएको छ। जानकी मन्दिर ,राम मन्दिर सहितको मन्दिरहरुबाट भगवान राम र जानकीको डोला स्थानिय रंगभुमि मैदानमा ल्याइएको थियो । त्यहा पुजा र आरती पछि नगर परिक्रमा गरिएको थियो । त्यसपछि आज देखि १५ दिन सम्म मठमन्दिरहरुमा झुा सुरु भएको छ। जनकपुरमा झुला उत्सवको आरम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासबाट भएको बताइन्छ ।राम अवतारको ९९ रासमध्ये प्रमुख झुला जानकी मन्दिरमा कजरी गान गाएर १५ दिनसम्म साँझ ६ बजेदेखि ९ बजेसम्म बनाउने परम्परा रहेको जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले बताए ।जनकपुरको जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, सुन्दर सदन, दुलहा दुल्ही मन्दिर, रत्न सागर, रसिक निवास र अग्नि कुण्डमा झुला उत्सव भव्यवताका साथ मनाइन्छ ।
जनकपुरको मठमन्दिर अतिरिक्त भक्तजनले झुला उत्सवका अवसरमा घरमा समेत भगवानलाई आसनमा राखेर झुलाउने परम्परा विकसित भएको छ । मन्दिरमा भजनकीर्तन गरी हरेक साँझ सीताराम र राधाकृष्णको मूर्ति राखेर झुलाउने परम्परा रहेको छ । झुला महोत्सवका लागि जनकपुरका मठमन्दिरमा भव्य सरसजावट गरी साँझ सांस्कृतिक कार्यक्रम आयोजन गरिँदै आएको छ ।मन्दिरहरूमा मूर्ति झुलाउनका लागि कलात्मक सिंहासनको निर्माण गरिएको छ । जनकपुरको ५२ कुटी (मन्दिर) बाट डोलामा सीतारामको मूर्ति राखेर रङ्गभूमि मैदान बाह्र बिघामा ल्याएर जानकी मन्दिरका महन्थद्वारा झुला सुरु गरिन्छ । झुला महोत्सको सुरुवात सन्त परम्परादेखि सुरु भएको मानिन्छ । सन्तहरू खुला चौरमा बसेर शालिग्रामलाई आशनमा राखेर झुलाउन गर्थे ।
सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने वृन्दावनबाट झुला परम्परा जनकपुर आएको बताइन्छ । जनकपुरको जानकी मन्दिर र राम मन्दिरमा झुला महोत्सव विशेष तयारीका साथ मनाइँदै आएको छ ।
जानकी मन्दिरमा विशेष प्रकारको तीन सिंहासन बनाएर सीतारामलाई झुलाउने परम्परा छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: