भन्सार छलृर ल्याउदै गरेको समान बरामद


भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको किरानाका समानहरु सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिकाको वडा नम्बर ३ मखनाहा स्थित वडा कार्यालय ‘ख’ सिरहाबाट खटेको गस्ती टोलीले चेक जाँचको क्रममा कल्याणपुर नगरपालिका १२ वस्ने वर्ष ५० को सरीफ राइनलाई एउटा स्कारपियो गाडी सहित समानहरु नियन्त्रणमा लिएको जनाएको छ । बीआर ३२ जे १२०६ नम्बरको स्कारपियोलाई समेत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिल राज बोहराले बताए । बोहराले दिएको जानकारी अनुसार सो स्कारपियो भित्र नै लुकाएर राखिएको करिब १० हजारको समान नियन्त्रणमा लिईएको हो । त्यसै गरि जिल्लाको सिरहा नगरपालिका वडा नम्बर ७ ट्रापिक नजिक जिप्रका सिरहाबाट खटेको गस्ती टोलीले चेकजाँचको क्रममा मिर्चैया वडा नम्बर ५ निवासी ४५ वर्षिय विष्णु देव महतोले चलाईरहेको स १ प ९२०२ नम्बरको मोटरसाईकला भन्सार छलेर लुकाई राखिएको करिब ३५ सयको किराना समानहरु नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिईएको सम्पुर्ण समानहरु जिल्ला भन्सार कार्यालय माडरमा बुझाईएको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता बोहराले दिएका छन ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: