बसबाट रकम चोरे भाग्दै गरेको अवस्थामा पक्राउ


बसभित्र यात्रुको गोजीबाट रकम चोरेर भाग्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको लहान नगरपालिका ९ निवासी २४ बर्षीय मोहम्मद राज शेख जनकपुरधामको पिडारी चोकबाट पक्राउ परेका हुन् ।शेखले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवरीका रामु यादवको साथबाट एक लाख २० हजार रुपैयाँ चोरेर भागिरहेका थिए ।
जनकपुरबाट सिरहाको माडरतर्फ जाँदै गरेको बसमा चढेका यादवको साथबाट शेखले बसमै पाकेटमारी गरेका थिए । उनलाई भाग्ने क्रममै पिडारी चोकमा ड्यूटीमा खटिएका प्रहरीले लखेट्दै नियन्त्रणमा लिएका हुन् ।बरामद भएको उक्त रकम यादवलाई बुझाइएको र नियन्त्रणमा लिइएका शेखको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: