नेकपाको केन्द्रीय विभागमा कुन नेतालाई के जिम्मेवारी


लामो समयको विवादपछि सत्तारुढ नेकपाले केही प्रदेश सहइन्चार्ज थप्दै केन्द्रीय विभागका प्रमुख, उपप्रमुखको टुंगो लगाएको छ । पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले ३२ केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र २ जना कार्यालय सचिवको जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको हो । सातै प्रदेशमा केही सहइन्चार्ज थप गरिएको छ । प्रदेश इन्चार्ज भनेनेकपा यसअघि नै चयन गरिसकेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबन्डाको आधारमा प्रदेश १ को सहइन्चार्जमा नरेश खरेल र शेरधन राई, २ मा नागेन्द्र चौधरी, महेन्द्र पासवान, ३ मा काशीनाथ अधिकारी र हिमान शाक्यलाई जिम्मेवारी दिइएको छ । यस्तै प्रदेश ३ मा गण्डकीमा किरण गुरुङ, यशोदा सुवेदी गुरुङ, प्रदेश ५ मा कुलप्रसाद केसी, वैजनाथ चौधरी, कर्णालीमा कालीबहादुर मल्ल, प्रकाश ज्वाला र सुदूरपश्चिममा खगराज भट्ट, भानुभक्त जैसीले सहइन्चार्जको जिम्मेवारी पाएका छन् । महत्वपूर्ण मानिएको स्कुल विभागमा ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलाई प्रचार विभागको जिम्मेवारी दिइएको छ । विदेश विभागको प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डेको नाम तय भएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: