त्रिशूलीमा बस खस्यो, तीनको मृत्यु, १७ को उद्धार, ४५ यात्रु रहेको अनुमान


सर्लाहीबाट काठमाडौ तर्फ आउदै गरेको बस दुर्घटना भएको छ। रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाट स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । १७ जनाको उद्धार गरिएको छ । घाइतेको उद्धार कार्य जारी रहेको छ । बसमा ४५ जनाभन्दा धेरै यात्रु रहेको अनुमान छ ।
इलाका प्रहरी कार्यालय गजुरी धादिङले दिएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस विहान ३.३० वजेतिर पृथ्वीराजमार्गको सलाङबाट त्रिशूली नदीमा खसेको हो । बस त्रिशूली नदीमा डुविरहेको छ भने निकै अप्ठेरो ठाउँमा दुर्घटना भएको कारण उद्धारमा समेत कठिनाई भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको उद्धार गरि उपचारका लागि मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको र बाँकी यात्रुको उद्धार कार्य जारी रहेको छ । उद्धार गरिएकामा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजयराय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी रहेका छन्। मलंगवा–९ स्थित रहेको सृष्टी बस काउण्टरमा अहिले बसमा सवार यात्रीका आफन्तको भीड लागेको छ।उद्धार गरिएका मध्ये बसचालक जीवन भनिने लक्ष्मण जमरकट्टेल बेहोस छन् भने सहचालक प्रमोद चौधरी र कन्डक्टर ऋषि उप्रेतीलाई थप उपचारका लागी काठमाडौं पठाइएको छ। बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित दुई जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दाससहित तीन जना, ब्रम्हपुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारसहित चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोसहित तीन जना, भारतको लरकवाका रामबाबु यादवसहित तीन जना, भारत कुवारीका अजय ठाकुरसहित दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी र अमित लामाथिए।उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस कर्मी, स्वयंसेवी समूहको टोली दुर्घटना स्थलमा खटेको छ । दुर्घटनाको थप विबरण आउन बाँकी छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: