प्रदेशको नाम र राजधानी टुग्याउन दलहरु आन्तरिक छलफलमा व्यस्त


प्रदेश नम्बर २ का नाम र राजधानीको विषयमा प्रस्ताव दर्ता गराउने भोली अन्तिम समय सिमा रहेको अवस्थामा दलहरु आन्तरिक छलफलमा व्यस्त देखिएका छन। राष्टिय जनता पार्टी नेपालका संसदीय दलका बसेको बैठकमा प्रदेश नम्बर २का राजपा र समाजवाी पार्टीका संयुक्त सरकार रहेको कारणले राजधानी र नामको विषयमा संयुक्त प्रस्ताव दर्ता गराउने निर्णय भएको संसदीय दलका नेता जितेन्द्र सोनलले जानकारी दिनुभयो । उहाले समाजवादी पार्टीसंग छलफल गरेर संयुक्त प्रस्ताव दर्ता गराउने निर्णय भएको जानकारी दिनुभयो । स्रोतका अनुसार पार्टीले मधेस प्रदेशमा कुनैपनि सहमति नगर्ने समेत निर्णय गरेको छ। तर राजधानीको विषयमा भने संसदीय दलका विवाद देखिएको छ। कतिपय प्रदेश सभा सदस्यहरुले विरगन्ज समेत राजधानी राख्नुपर्ने पक्षमा देखिएको र केहीले जनकपुरको पक्षमा समेत आफनो धारणा राखेको कारणले यस विषयमा राजपा र समाजवादी पार्टी बिचमा छलफल गरेर अगाडि बढने निर्णय गरिएको छ। यता समाजावदी पार्टीले राजधानीको नाम र स्थायि राजधानीको विषयमा निर्णय गर्न भोली ११ बजे संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका सचेतक शैलेन्द्र यादवले जानकारी दिनुभयो । यता नेपाली काग्रेसले पनि भोली ११ बजे नै संसदीय दलका बैठक बोलाएको छ। संसदीय दलका नेता राम सरोज यादवले प्रस्तावको विषयमा केही छलफल भएपनि भोली अन्तिम बैठक गरेर जाने जानकारी दिनुभयो । यता प्रमुख प्रतिपक्षी नेकपाको भने संसदीय दलको बैठक बसेको र भोली सम्म निर्णय हुने बताइएको छ। संविधानमा दुई तिहाइ बहुमतले प्रदेशको नाम र राजधानी टुंग्याउने प्रावधान छ । तर, प्रदेश २ मा कुनै दलसँग दुई तिहाइ छैन । त्यसैले सत्तापक्ष र विपक्ष नमिलेसम्म यो मुद्दा टुंगिन सम्भव देखिँदैन । सत्तारूढ समाजवादी पार्टी नाम मधेस र राजधानी जनकपुरमा राख्नुपर्ने अडानमा छ । पार्टीको संसदीय दलका उप–नेता रामआशिष यादवले प्रदेश २ को नाम र राजधानीबारे बिहीबार संसदिय दलको बैठकमा विचार–विमर्श हुने बताए । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै प्रदेशको नाम र राजधानीबारे दलले पहिलो पटक औपचारिक छलफल गरे । प्रदेश २ मा नेकपाको ३२ सांसद छन् । संसदीय दलको बैठकमा २७ जना सांसदले प्रदेशको नाम र राजधानीबारे आफ्नो राय दिएका छन् । नेकपाका दुई सांसद जगत यादब र भरत साहले प्रदेश २ को नाम मधेस राख्नुपर्ने सुझाव दिए । प्रदेश सरकारले नाम र राजधानी टुंग्याउन ढिलाइ गरेपछि प्रदेशसभाको साउन २६ गते बसेको बैठकमा सभामुख सरोज यादवले भदौ ५ गतेसम्म नाम र राजधानीको प्रस्ताव ल्याउन सूचना जारी गरे । नेकपाले प्रदेशको नाम र राजधानीबारे आफ्नो सांसदको धारणा बुझ्न संसदीय दलको बैठक बोलाएको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: