भारतका पूर्व वित्त मन्त्री जेट्लीको निधन


भारतका पूर्व वित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । अघिल्लो नरेन्द्र मोदी सरकारमा अर्थमन्त्री रहेका जेट्लीको ६६ वर्षको उमेरमा आज मध्यान्ह नयाँ दिल्लीको अल इण्डिया मेडिकल इस्टिच्युट अफ मेडिकल साइन्स् (एम्स) मा उपाचारकै क्रममा निधन भएको हो । जेट्लीलाई श्वास फेर्न कठिनाई र मुटुको चालमा समस्या देखिए पछि दुईसाता अघि अस्पताल भर्ना गरिएको थियो । Surfe.be - Banner advertising serviceस्वास्थ्य झन् विग्रदै गए पछि केही दिनदेखि उनलाई लाइफ सपोर्टमा राखिएको थियो । जेट्लीलाई मोदीको पहिलो कार्यकालमा सरकारको ‘ट्रबल शुटर’ कै रुपमा लिइन्थ्यो । मोदीको साथ पाएर नै जेट्लीले अर्थमन्त्रीको रुपमा नोटबन्दी र जिएसटीजस्ता अर्थतन्त्रलाई दीर्घकालीन असर पार्ने क्रिटिकल निर्णयहरु समेत लिएका थिए । मोदी र जेट्लीबीच करीब दुई देशदेखि घनिष्ट सम्बन्ध थियो । स्वास्थ्यकै कारण देखाएर मोदीको दोस्रो कार्यकालमा मन्त्री बन्न असमर्थता जनाएका थिए । मोदीले अन्तिम समयसम्म पनि उनलाई मनाउने कोशिस गरेका थिए । तर उनले मानेनन् बरु बाहिरबाटै आफूले सक्ने सहयोग गर्ने जवाफ दिए । जेट्लीले मन्त्री बन्न असथर्मतता जनाएपछि निर्मला सितारमणलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको हो ।Surfe.be - Banner advertising service
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: