सर्लाहीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु


पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका–११, स्थित सशस्त्र प्रहरी बेश क्याम्प नजिक पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५६ प १०४८ नम्वरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ५ ख ६०१४ नम्वरको ट्रकमा ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक जिल्लाको बरहथवा नगरपालिका–७, का २८ वर्षीय मनोजकुमार दास र मोटरसाइकल पछाडि सवार ३० वर्षीय विक्रम दासको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मनोजको नमूना अस्पताल हरिवनमा उपचार गर्दागर्दै र विक्रमलाई थप उपचारका लागि चुरेहिल अस्पताल हेटौंडा पु¥याउने बित्तिकै मृत्यु भएको हरिवनका प्रहरी नायब निरीक्षक यज्ञप्रसाद चौलागाईंले जानकारी दिनुभयो । मोटरसाइकलको ट्रायल परीक्षा दिएर बर्दिवासतर्फबाट आउँदै गरेका दासद्वय आज दिउँसो १ बजेतिर दुर्घटनामा परेका हुन् । तीव्र गतिमा रहेको मोटरसाइकल आफ्नै दिशामा आइरहेको ट्रकमा ठोक्किन पुगेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरी नियन्त्रणमा छ भने ट्रकका चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरी नायब निरीक्षक चौलागाईंले बताउनुभयो ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: