आज देशभर मौसम बदली रहने


आज देशभर मौसम बदली रहने भएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भइ तराईका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ । मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेकोे महाशाखाले जानकारी दिएको छ । आज राति देशभर सामान्य बदली रही देशको पश्चिमि भू भागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । साथै मध्य र पश्चिमी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: