मातृभाषा सम्बद्र्धन तथा प्रवद्र्धनमा सबै मिलेर लाग्नुपर्नेः प्रदेश प्रमुख कायस्थ


Surfe.be - passive income मातृभाषा सम्बद्र्धन तथा प्रवद्र्धनमा सबै मिलेर लाग्नुपर्ने प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनुभएको छ । जनकपुरस्थित मैथिली साहित्यकार सभाको आठौ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कायस्थले मातृभाषा सबैको आ आफ्नो पहिचानसँग जोडिएको बिषय भएकोले यसको सँरक्षण तथा विकासमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभएको छ ।उहाँले मातृभाषा सँरक्षणका लागि यस क्षेत्रमा क्रियाशिल सँघ सँस्थाले बिशेष किसिमका निति नियम निर्माण गरी अगाडि बढ्नुपर्ने सुझाव समेत दिनुभएको छ । साथै उहाँले प्रदेश सरकारले पनि मातृभाषाको सँरक्षणका सवालमा विशेष कार्ययोजना ल्याउन लागेको बताउनुभएको छ ।Surfe.be - passive income कार्यक्रममा प्रदेश साँसद राम अशिष यादवले मिथिला कला, सँस्कृति, भाषा लोप भएमा मिथिलाको पहिचान नै गुम्ने खतरा रहेकोले यसलाई जोगाउन सबैले पहल गर्नुपर्ने बताउनुभएको छ । साथै साँसद यादवले प्रदेश सरकारले छिट्टै मिथिला आर्ट ग्यालेरीको योजना ल्याउन लागेको बताउनुभयो ।Surfe.be - passive income त्यस्तै, अर्का साँसद परमेश्वर साहले मातृभाषाको सँस्थागत विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । साथै उहाँले मैथिली भाषाले बिभिन्न ठाउँमा अवसर नपाएकाले विकास हुन नसकेको तर्क राख्नुभयो । त्यसैले भाषा सँरक्षणलाई अभियानकै रुपमा लैजानुपर्ने धारणा राख्नुभयो ।Surfe.be - passive income सभाका सभापाल प्रेम विदेह ललनको सभापतित्वमा भएको सो कार्यक्रममा सभाले साहित्यिक क्षेत्रमा योगदान पुरयाएका पाँच जनालाई सम्मान समेत गरेको छ । राम भरास कापडि भ्रमरलाई ज्योतिश्वर साहित्य सम्मान, पत्रकार तथा साहित्यकार सुजित झा लाई दिनाभद्री भाषा अभियान सम्मान, मनोज कुमार सिँहलाई मँचिय शिखर युवा सम्मान, राम अशिष मण्डललाई मैथिली साहित्यकार सभा सम्मान तथा उगना शँकर ठाकुरलाई पाथे युवा कवि सम्मान प्रदान गरिएको छ ।त्यस्तै, कार्यक्रममा बिजेता चौधरीद्धारा लिखित पुस्तक धाराक बिरुद्धको लोकार्पण समेत गरिएको थियो । जसलाई राम भरोस कापडि, रोशन जनकपुरी सहितले समिक्षा गर्नुभएको थियो ।
Surfe.be - passive income
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: