हंसपुरविवाद सकियो,एक महिनापछि ताला खोलियो


विगत एक महिना देखि हँसपुर नगरपालिकामा लागेको ताला खोलिएको छ ।नगरपालिकाका प्रमुख तथा उपप्रमुख बिचको विवादका कारण लागेको ताला बुधबार खोलिएको छ । नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले काम गर्ने वातावरण बघचौडामा नरहेका कारण बेल्ही चोकमा गत साउन ३ गते अस्थायी कार्यालय सारेका थिए । प्रमुख मण्डलले बचौडास्थित कार्यालयमा रहेको कागजात तथा फाइलहरु लग्न खोजेपछि आफूले साउन ३ गते राति ११ बजे सो कागजातहरुको सुरक्षाका लागि ताला लगाएको उपप्रमुख रेणु झाले बताइन् । उनले नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा पत्रकारहरुको रोहवरमा ताला खोलेकी हुन् । उपमेयर झाले अहिले विकासको कार्यहरुलाई अगाडि बढाउनुपर्ने समयमा कार्यालयको समानहरु सार्नु गलत भएको जिकिर गर्नुभयो । यता उच्च अदालत जनकपुरले बघचौडामैे तत्कालका लागि कार्यालय संचालनमा ल्याउन अन्तरिम आदेश दिएपछि आफूले ताला खोलेको उपप्रमुख झाले बताइन् । उच्च अदालत जनकपुरले मंगलबार भदौ ३ गते बहस नभएसम्मका लागि कार्यालयलाई यथास्थितिमै राख्न आदेश दिएको थियो ।नगरपालिकाको कार्यालय खोलिएपछि सम्पूर्ण कामकाज समेत बघचौडाबाटै संचालनमा आएको छ । नगरपालिकाको हाजिरी रजिष्टरमा अधिकृत यादवले हस्ताक्षर गर्दै कामकाज संचालनमा ल्याएका हुन् । नगरपालिकाका अधिकृत हरिशंकर यादवले अदालतले आदेश दिएपछि आफूहरु आदेशको सम्मान गर्दै बघचौडास्थित कार्यालयमा उपस्थित कामकाज संचालनमा ल्याएको बताए । यस अघि प्रमुख रामज्ञान मण्डलले बेल्ही चोकस्थित कार्यालय संचालनमा ल्याएपछि कर्मचारीहरु साबिकको कार्यालयमा उपस्थित नभई बेल्ही चोकमै उपस्थित हुँदै आएका थिए । अदालतले आदेश दिएपछि कर्मचारीहरु पुरानै कार्यालयमा बसेर कामकाज सुचारु भएको छ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: