पार्टी एकता विरुद्ध भ्रम छर्ने काम भइरहेको ःप्रचण्ड


नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टी एकता विरुद्ध भ्रम छर्ने काम भइरहेको बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा संचरकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले पार्टी एकता नगरेको भए हुन्थ्यो भन्ने अभिव्यक्तिलाई अपव्याख्या गरी प्रस्तुत गरिएको आरोप लगाए । ‘कमयुनिष्ट पार्टीको एकताभएदेखि नै एकथरीका मान्छेहरु एकता विरुद्ध भ्रम छर्न ठूलो कसरतमा लागेका छन्, पार्टी एकतालाई सफल गर्नुको कुनै विकल्प नै छैन,’ उनले भने । पुर्वप्रधानमन्त्री प्रचण्डले समृद्ध नेपाल र सुखी नेपालीको मुख्य आकांक्षा अनुसार सरकार अघि बढेको दावी गर्दै अब संवैधानकि र कानुनी आधार तयार भइसकेकोले विकासले पनि विस्तारै गति लिने विश्वास व्यक्त गरे । सरकार एक वर्षको कामको समीक्षा गरी अघि बढने प्रक्रियामा रहेको भन्दै उनले कमयुनिष्ट पार्टीको सरकार ५ वर्ष चल्ने दावी गरे । प्रधानमन्त्री केपी ओली कि पार्टीको सरकार पाँच वर्ष टिक्ने प्रश्नमा उनले प्रधानमन्त्री ओली समझदारी अनुसार अघि बढ्ने बताए । पहिलो वर्ष कानुनी जटिलताका कारण जनताले चाहेको मुलुकमा विकास हुन नसकेको भन्दै अगामी विकासले गति लिने प्रचण्डले उल्लेख गरे । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीको विभाग गठनको विषयमा असन्तुष्टि व्यक्त गरे । सचिवालयमाा पार्टीको वरिष्ठ व्यक्तिहरुलाई पाखा लगाएर कनिष्ट व्यक्तिहरुलाई राखिएको भन्दै उनले असन्तुष्टि जनाएक । ‘नेकपा एमालेको पुर्व विधान बमोजिम झलनाथ खनाल नै दोस्रो वरियताक्रमका वरिष्ठ थिए तर उनलाई विभिन्न प्रकारले अपमाण गरियो दोस्रो चरणमा मलाई अपमाण गर्ने प्रयास गरियो,’ नेपालले भने । पार्टीबाट अरु पनि धेरै गल्तीहरु भएको भन्दै सम्पुर्ण विषयलाई सच्च्याएर अघि बढ्नुपर्ने उनले बताए ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: