कार्यालय प्रमुखको मिलोमतोमा आफनै श्रीमानलाई औषधि खरिदको कोटेशन


जनकपुरधाम उपमहानगरपालिका अन्र्तगत विगतमा रहेको जनकपुर अंचल आयुवर्देद औषधालय तथा अस्पतालमा निकै अनियमितता भएको छ। अस्पतालमा आर्थिक वर्ष २०७५।०६७मा खरिद गरेको औषधि सहित अन्य समानहरुमा निकै अनियमितता भएको रहस्य सार्वजनिक भएको छ। अस्पतालमा प्रमुख डा. सिमा झाका श्रीामान सरोज राय यादवले संचालन गरेको औषधि पसलबाट नै अस्पतालले विभिन्न मितिहरुमा औषधिहरु खरिद गरेको छ। अस्पतालले औषधि खरिदको लागि निकालेको काटेशनमा निजले आफनो श्रीमानलाई नै औषधि खरिदको लागि कोटेशन दिएको छ । जनकपुरमा राहत आयुर्वेद फर्मा जनकपुर ४मा कुनै पसल नै नरहेको र सो पसलमा नाउमा रकम दिइएको कोटेशन दिइएको छ। विभिन्न मितिहरुमा सो पसललाई कोटेशनमा समान दिईएको लागि रकम दिइएको छ । असार महिनामा २४ गतेमा राहत आयुर्वेद फर्माको नाउमा १ लाख २४ हजार ८सय,सोही मितिमा १लाख ६९ हजार ९सय २० रुपैयाको औषधिक खरिदको बिलको भुक्तानी दिइएको छ। त्यसैगरि सोही महिनाको २५ गतेमा ९० हजार ४५ रुपैयाको औषधिको बिलको भुक्तानी  दिइएको छ । कार्यालयका कर्मचारीहरुका अनुसार अस्पतालमा विभिन्न समानहरु खरिदमा व्यापक अनियमितता भएको छ ।तर आयुर्वेद औषधालयका प्रमुख सिमा झाले आफुले आफनो श्रीमानलाई कोटेशन नदिएको र आफनो श्रीमानले सप्लायर्ससको कार्य गर्दै आएको र सो क्रममा यस कार्यालयबाट पनि कोटेशनमा काम गरेको विषयमा आफुलाई जानकारी नभएको बताईन । अस्पतालमा फर्निचर खरिदको नाउमा समेत जनकपुर ८मा रहेको जय मां लक्ष्मी फर्निजर उद्योगलाई ९९हजार ४सय ४०,प्रकेतिक जडिबुटि औषधि उपभोगलाई बिलको भुक्तानी स्वरुप ४९हजार ९सय २० रुपैया, भुक्तानी दिइएको छ। तर त्यस अनुसारले कार्यालयमा समानहरु समेत उपलब्ध नरहेको जनाइएको छ। अर्को तर्फ अस्पताललाई आवश्यक समान र औषधि खरिदको लागि प्रदेश सरकारको समाजिक विकाक मन्त्रालयले दिएको अनुदानमा समेत अनियमितता भएको कर्मचारीहरुको नै कथन रहेको छ। अस्पताललाई फर्निचर खरिदको लागि ५लाख,मेशनरी उपकरण खरिदको लागि ५लाख ,योग हलको सेड मर्मतको लागि ५ लाख,स्वास्थ्य जिवन सैली कार्यक्रमको लागि ३लाख,प्रयोगशाला व्यवस्थापनको लागि ४लाख ५०हजार,बिरामी सुताउने बेड खरिदको लागि २लाख,पंचकर्म व्यवस्थापनको लागि ३लाख, क्षारसुत्र व्यवस्थापनको लागि ३लाख ५० हजार रुपौ दिएकोछ। अधिकांस समानहरुको खरिदमा अनियमितता भएको कर्मचारीहरुको कथन रहेको छ। कर्मचारीहरुले गाउ घर किल्लनीक संचालनको लागि आएको रकम समेत जनकपुरधाम उपमहानगरपालिकाले निकासा गरेपछि कर्मचारीहरुलाई भने अहिले सम्म दिइएको छैन ।
कर्मचारीहरुका अनुसार समायोजन भएर आएपछि आफुहरुलाई तिन महिनापछि तलब दिएपनि जनकपुरधाम उपमहानगरपालिकाले संचयकोषको पैसा समेत नठाएको बताइएको छ। जनकपुरधाम उपमहानगरपालिमा रहेको अस्वस्थामा निकै समस्या भोग्दै आएको बताएका थिए । अस्पताल चालु आर्थिक वर्ष देखि प्रदेश अन्र्तगत आएको छ। कर्मचारीहरुका अनुसार जनकपुरधाम उपमहानगरपालिकाले आफुहरुलाई पैसा नदिएर समान उपलब्ध गराउदै आएको र अनियमितता भएको भए उतैबाट भएको बताइएको छ। तर कार्यालय प्रमुख झा र जनकपुरधाम उपमहानगरपालिकाका ततकालिन लेखापाल दिपेन्द्र चौधरीको मिलोमतोमा अनियमितता भएको दावि कर्मचारीहरुको रहेको छ। चौधरी जनकपुरधाम उपमहानगरपालिकाले वल्व खरिद गरेको विषयमा अख्तियारले मुद्दा दर्ता गराएपछि करिब १५ दिने निलम्बनमा परेका छन।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: