अरुण खोलको पुल मर्मत सकियो राजमार्ग सुचारु


Surfe.be - passive income पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिए पछि शनिवार देखि संचालनमा आएको छ । पुल भाँचिए पछि दश दिनदेखि पूर्ब पश्चिम राजमार्ग अबरुद्ध थियोे । गत साउन २९ गते बिहान पूर्बबाट पश्चिम र्फ जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिदा पुल भाँचिएको र सो भाँचिएको पुल शुक्रबार साँझ मर्मत सकिए पछि आज बिहानदेखि पुल माथि बाटै यातायात संचालन भएको पूर्बी नवलपरासीका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले बताउनुभयो ।Surfe.be - passive income प्रमुख जिल्ला अधिकारी कार्कीले अस्थायी डाईभर्सन पाँच पटक बनाएर यातायात संचालन गरिएको र पुल मर्मत गरि यातायात संचालन गरिएको बताउनुभयो । सो पुल जिल्लाकै राजमार्गकै सबै भन्दा लामो पुल हो जसको लम्बाई तीन सय मीटर भन्दा बढि छ । पुलको पुर्ब दक्षिण को भाग १० मिटर लम्बाई र १.५ मिटर तल (गहिराई) मा भासिन जादा ठूला र साना गाडी बन्द गरि सडक डिभिजन कार्यालय बुटवलले मर्मत थालेको थियो । पुल भाँचिए पछि पूर्ब–पश्चिम राजमार्गमा यातायात अस्तब्यस्त रह्यो भने पटक पटक बनाइएको डाईभर्सन समेत खोलामा बाढी आएर बगाउन थाले पछि यहाँ यात्रा गर्ने यात्रुले ठूलो सास्ती खेप्नु परेको स्थानीय लालकुमार भट्टराईले बताउनुभयो ।Surfe.be - passive income पूर्बी नवलपरासीमा रहेका आठ वटा यस्ता पुल पुरै जोखिममा छन् । समयमा मर्मत नहुँदा यहाँका दुम्कीबासदेखि गैंडाकोटको बेल्डिहासम्मका आठ वटा पुल जोखिमपूर्ण अबस्थामा रहेका बताईएको छ ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: