दुई वर्षमा बन्नुपर्ने टर्मिनल भवन सात वर्षमा पनि बनेन


दुई वर्षमा निर्माण सक्नुपर्ने जनकपुरधाम विमानस्थलको टर्मिनल भवन सात वर्ष बित्दा पनि पुरा हुन सकेको छैन्।ठकेदारको लापवाहीको कारणले भवन निर्माण हनु नसक्दा सर्वसधारणहरुलाई सास्ती हुने गरिएको छ।  नागरिक उड्डयन प्राधिकरणको हेलचक्राई र निर्माण कम्पनीको लापरवाहीका कारण भवन निर्माण ढिला हुँदै गएको छ।टर्मिनल भवनको अभावका कारण ५२ वर्ष पुरानो भवनबाटै यात्रुले सेवा लिनुपर्ने बाध्यता छ।  प्रत्येक उडानमा २ सय रुपैयाँ विमानस्थल कर तिर्ने गरेका यात्रुले सो कर बापतको कुनै सेवा जनकपुर विमानस्थलबाट पाउँदैनन्।  विमान कम्पनीको काउन्टर बिचमै हुँदा यात्रुलाई सानो भवनमा विमान उड्दासम्म प्रतिक्षा गर्नुपर्दा उभिएर समय बिताउनु पर्ने बाध्यता छ। ‘शुद्ध खानेपानी, शौचालय, फ्रि कल र राम्रो बस्ने ठाउँ उपलब्ध गराउनु पर्ने हो, ’बुद्ध एयर जनकपुर कार्यालय प्र्रमुख विजय सिंहले भने, ‘यहाँ त न्यूनतम सेवासमेत उपलब्ध हुँदैन्।  यात्रुहरुलाई सास्ती भोगेर यात्रा गर्नु परेको छ।’
जनकपुर विमान स्थलमा दैनिक ६ सय भन्दा बढि यात्रु आउजाउ गर्दै आए पनि नागरिक उड्डयन प्राधिकरणले न्यूनतम सेवासमेत उपलब्ध गराउन नसकेपछि यात्रुलाई सास्ती भएको छ।नागरिक उडड्यन प्राधिकरणले धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो गर्नुका साथै स्तरोन्नतिको काम गरेकोे छ।  पछिलो समय बारुण यन्त्र र एक्सरे मेसिनको समेत व्यवस्था मिलाइएको छ।  राती उडानको पनि सफल परीक्षण गरिसकेको यस विमान स्थलमा नेपाल आयल निगमले जहाजमा इन्धन भर्ने व्यवस्था पनि मिलाएको छ।  तर टर्मिनल भवनको अभावका कारण यात्रुलाई भने सास्ती छ।२०२४ साल असोज ८ गते देखि नै सञ्चालनमा आएको जनकपुर विमान स्थल देशकै पुरानो विमानस्थल मध्यको एक हो। देशकै पुरानो मध्येका एक यो विमान स्थललाई व्यवस्थित बनाउन २०६९ कात्तिक १२ गते टर्मिनल भवन निर्माणको काम सुरु गरिएको हो।  २४ महिनामा काम सक्नका लागि १८ करोड रुपैयाँ भन्दा बढीमा पप्पु र रमण कन्ट्रक्शनलाई ठेक्का दिइएको थियो। तर चार पटक सम्म पनि म्याद थप गर्दा ठेकेदारले काम सम्पन्न गर्न सकेन्। नागरिक उड्डयन प्राधिकरणको लापरवाहीले डिजाइनमा नै त्रुटी भएकाले समयका काम हुन नसकेको ठेकेदार कम्पनीको आरोप थियो।  ठेकेदारले काम गर्न ढिलासुस्ती गरेपछि डिजाइन र स्टीमेटमा सुधार गरि ६ करोड रुपैयाँ थप गरेर अहिले अर्को निर्माण कम्पनी अम्बे बिल्डर्सलाई ठेक्का सम्झौता गरिएको प्राथिकरणका उप प्रबन्धक नलविक्रम थापाले जानकारी दिए।  पुसमा काम सम्पन्न गरि टर्मिनल भवन सुचारु गरिने उनले जानकारी गराए।  जनकपुर र काठमाडौंका लागि बुद्ध र यती एयरका ५ वटा विमानले दैनिक उडान गर्दै आएको छ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: