निशुल्क उपचार गर्ने घोषणा गरेर प्रदेश सरकारबाट लिए ३१ लाख

चैत १७ गते बारा पर्सामा आएको हावाहुरी (टोर्नाडो) मा परि घाइते भएकाहरुको उपचार खर्च बापत विरगंज स्थित नेशनल मेडिकल कलेजले प्रदेश सरकारबाट ३१ लाख ३८ हजार २८४ रुपैया भुक्तानी लिएका छन ।
टोर्नाडो पीडितको उपचारको क्रममा कलेजका प्रवन्ध निर्देशक बसरुद्दिन अन्सारीले घाइतेहरुको उपचार निशुल्क गर्ने घोषणा गरेपनि अहिले आएर २३२ जना घाइतेको उपचार गरेको भन्दै प्रदेश सरकार बाट सम्पूर्ण रकम लिएका हुन ।प्रधानमन्त्री केपी शर्मा ओली घाइतेहरुको निरीक्षण गर्न अस्पताल पुगेको बेला अन्सारीले संचारकर्मी समक्ष निशुल्क उपचार गर्ने घोषणा गरेका थिए । तर अस्पतालका निर्देशक आविद हुसेनले निशुल्क उपचार गर्ने बारे आफुलाई कुनै जानकारी नरहेको र मुख्यमन्त्री ज्यूले उपचार खर्च प्रदेश सरकारले बेहोर्ने घोषणा गर्नु भए बमोजिम आफुले रकम लिएको बताउनु भएको छ ।
अस्पतालले सो बेलामा अस्पतालको विभिन्न ठाँउमा निशुल्क उपचार र खानाको व्यवस्था अस्पतालले गरेको भन्दै पर्चा समेत टाँसेका थिए । तर अहिले आफैले गरेको घोषणा विपरित रकम लिएका छन ।
यसै गरि विरगंज स्थित विरगंज हेल्थ केयर हस्पीटलले समेत १० लाखको चेक पाएका छन । हेल्थ केयरका चेयरम्यान डा. अब्दुल हैसले उक्त चेक बुझेका हुन ।
दुबै अस्पताललाई मुख्यमन्त्री लालबाबु राउतले आज चेकहस्तानतरण गर्नु भएको हो । उक्त अवसरमा मुख्यमन्त्री राउतले विपतको बेलमा सहयोग गरेका सहयोगी हाथहरुलाई धन्यवाद समेत दिनु भएको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: