अकुत सम्पत्ति, १४० जनामाथि अनुसन्धान हुँदै


Surfe.be - passive income अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने बताउनुभएको छ । उहाँले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरू सार्वजनिक हुनेछन् भन्नुभयो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४औँ स्थापना दिवसमा मङ्गलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उहाँले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।Surfe.be - passive income प्रमुख आयुक्त घिमिरेले भन्नुभयो, “राजनीतिक आवरणमै ठूला प्रकृतिका भ्रष्टाचार हुने गरेको छ, यसप्रति सबै सचेत नभएसम्म भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो छ । ” अख्तियारमा परेका उजुरीको प्रकृति हेर्दा अब कारागारका कोठा खाली गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । निर्वाचनका बेला उम्मेदवारले कहाँबाट पैसा जुटाउँछन् भन्ने विषय अहिले अनुसन्धानको विषय भएको छ भन्दै उहाँले अहिले वडाध्यक्षको निर्वाचनका लागि २० देखि ३० लाख र गाउँपालिका अध्यक्ष र नगरपालिकाको प्रमुखको निर्वाचनमा एक करोड रुपियाँसम्म खर्च हुने गरेको उजुरी आयोगमा पर्ने गरेको जानकारी उहाँले दिनुभयो । नेपालमा शक्तिको आडमा हुनेले भ्रष्टाचार गर्ने गरेको चर्चा गर्दै घिमिरले भ्रष्टाचारप्रति सञ्चारजगत् र नागरिक समाजको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो ।Surfe.be - passive income महालेखा परीक्षक टङ्कमणि शर्माले भ्रष्टाचार नियन्त्रणमा आफूले हिजो पनि खुट्टा नकमाएको र भोलि पनि खुट्टा नकमाउने बताउनुभयो । राजनीतिक दलका नेता र कार्यकर्ताको गलत प्रवृत्तिका कारण नेपालमा भ्रष्टाचार हुने गरेको चर्चा गर्दै उहाँले हाम्रा संस्कार र व्यवहार परिवर्तन नगरेसम्म भ्रष्टाचार नियन्त्रण नहुने जिकिर गर्नुभयो ।Surfe.be - passive income राजनीतिक दलहरूको पार्टी सञ्चालन गर्ने आर्थिक स्रोत कहाँबाट जुट्छ भन्ने विषय महŒवपूर्ण भएको भन्दै यस विषयमा नागरिक समाजले सधैँ खबरदारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले नेपालमा नीतिनिर्माता, व्यापारी र ठेकेदारबीचको दूरी नजिक हुँदा भ्रष्टाचार मौलाउँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो काम गर्ने हो भने यो सरकारले इतिहास रच्ने बेला छ, त्यसतर्फ सरकारको ध्यान जानुपर्छ । ”
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: