एम्बलेन्स खरिदमा कमसिन नआएपछि रकम फ्रिज


समाजिक विकास मन्त्रालयले कमिसन नपाएपछि खरिद गर्न भनिएको एम्बलेन्स खरिद गर्नसकिएको छैन । गत आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजन गरिएको करोडौ रुपैया कमीशनमा चाँजापाँजो नमिल्दा फ्रिज भएको छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश २ का ८ वटै जिल्लामा अत्याधुनिक एम्बुलेन्स खरीद गर्न ५ करोड रुपैया छुटयाइएको थियो तर मन्त्रालय र सम्बन्धित पक्षबीच कमीशनको चाँजोपाँजो निमल्दा सो बजेट नै फ्रिज हुन गएको श्रोतको दाबी छ ।
प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्य संस्थाहरुलाई प्रभावकारी बनाउन विभिन्न सुविधायुक्त अत्याधुनिक एम्बुलेन्स खरीद गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो । स्वास्थ्य विभाग हेर्ने समाजिक विकास मन्त्रालयलाई जिम्मा दिइयो तर कमीशनका लागि प्रक्रिया र मापदण्ड पुरा नभएको भन्दै एम्बुलेन्स खरीद गरिएन ।
सुरुमा मन्त्रालयबाटै सिधै कोटेशनबाट खरिद गर्न लाग्दा प्रक्रिया नमिलेपछि प्रदेश स्वास्थ्य निर्देशनालयलाई रकम पठायो, पछि निर्देशनालयले समेत प्रक्रिया नमिल्ने जनाउँदै जिल्लास्थित जनस्वास्थ्य कार्यालयमा रकम पठाएको थियो, जनस्वास्थ्यबाट मन्त्रालयले कमीशनको बार्गे्निंग गर्न खोज्दा जिल्लास्थित जनस्वास्थ्य कार्यालयले पनि प्रक्रियागत समस्या भएको भन्दै एम्बुलेन्स खरीद गरेन ।
मन्त्रालय र निर्देशनालयबाट खरिद गर्दा भन्सार छुट नहुने भएकाले जिल्लास्थित जनस्वास्थ्य कार्यालयमा रकम पठाइएको भए पनि प्रक्रियागत समस्याका कारण खरिद गर्न नसकेको स्वास्थ्य निर्देशक डा.प्रमोद यादवले बताए ।
एकजना मेडिकल डाक्टर, नर्स, औषधि, अक्सिजन र आवश्यक जनशक्तिसहित सेवा दिन सक्ने किसिमको ३ नं ग्रेडको अत्याधुनिक मोबाइल भ्यान खरिद गर्न पठाएको रकम खर्च नभएपछि सरकारी सञ्चित कोषमा फिर्ता गएको उनको दाबी छ ।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: