कर्मचारीहरुको आन्दोलनको कारण स्थानिय तहको कामकाज ठप्प


कर्मचारीको आन्दोलनका कारण पर्साका १३ स्थानीय तहको कार्यालयमा कामकाज ठप्प भएको छ। गत सोमबारदेखि कार्यालयको काम ठप्प पारेर कर्मचारी आन्दोलनमा उत्रिएका छन्।सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अखिलेश सहनीलाई गत आइतबार वडा नम्बर ६ का वडाअध्यक्ष लालबाबु यादवसहितको समूहले हातपात र दुव्र्यवहार गरेका थिए।
त्यसैको विरोधमा १३ वटै स्थानीय तहका कर्मचारी कार्यालयको कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएको बताएका छन्। जिल्लामा रहेका १४ स्थानीय तहमध्ये वीरगन्ज महानगरपालिका बाहेक १३ स्थानीय तहका कर्मचारी कामकाज बन्द गरेर आन्दोलनमा उत्रिएको जीराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बताए। वीरगन्ज महानगरपालिका कर्मचारी पनि बिहीबारदेखि कामकाज बन्द गरेर आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन्। सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अखिलेश सहनीमाथि हातपात गर्ने वडा अध्यक्षसहितका व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिइ कारबाही नगरेसम्म आफूहरु काममा नफर्किने गिरीले बताए। गिरीका अनुसार सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल सहनी गत आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बोलाइएको बैठकमा सहभागी हुन सदरमुकाम वीरगन्जतर्फ आउने क्रममा वडाअध्यक्ष यादव सहितका ६र७ जनाले बाटोमै रोकेर गाली गलौज गर्दै हातपात गरेका थिए। वडाअध्यक्षले यादवलाई पुरानो मितिमा आफ्नो वडामा उपभोक्ता समितिमार्फत जडान गरिएको सडक बत्तीको दुई लाख रुपैयाँको भुक्तानी गर्न दबाब दिएको बताए। कुरा नमानेको निहुँमा वडाअध्यक्ष यादव, उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण यादव सहितका ६र७ जना व्यक्तिले आफूहरु सवार टाटासुमो बाटोमै रोकेर कुटपिट गरेको पीडित प्रमुख प्रशासकीय अधिकृत यादवले बताए।पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने पीडित पक्षबाट अहिलेसम्म जाहेरी नपरेका कारण आरोपितलाई पक्राउ नगरिएको बताए। ’ठाडो उजुरी मात्र परेको छ, ठाडो उजुरीका आधारमा मान्छे पक्रेर थुन्न मिल्दैन,’ प्रहरी उपरीक्षक राठौरले भने, ’जाहेरी पर्ने वित्तिकै प्रहरीले आरोपितलाई पक्राउ गर्छ।’
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जिल्ला समन्वय समितिले समस्या सामधानका लागि पहल भइरहेको बताए।उनले भने, ’कानुनी प्रक्रियाअनुसार दोषीमाथि कारबाही हुन्छ।’



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: