प्राध्यापक महाधिवेशन अनिश्चित


विवादबीच तीन साताअघि सुरु नेपाल प्राध्यापक संघको महाधिवेशन नेतृत्व चयन गर्न नसकेर अनिश्चित बनेको छ ।
वैचारिक संघरसंगठनबीचको भागबन्डा नमिल्दा १६औं महाधिवेशन अस्तव्यस्त बनेको हो । असार १९ गते काठमाडौंमा सुरु महाधिवेशनको उद्घाटन सत्तारूढ र वामपन्थी निकट प्राध्यापकले बहिष्कार गरेका थिए । सत्तारूढ र प्रतिपक्षी कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापकबीच कार्यसमिति भागबन्डामा चयन गर्ने सहमति भएको थियो ।
प्रजातान्त्रिक प्राध्यापक संघले सहमतिभन्दा बढी उम्मेदवार उठाएपछि नेतृत्व चयन अन्योलमा परेको हो । नेकपा पक्षधर प्राध्यापक संगठन र कांग्रेस पक्षधर प्राध्यापक संघले पदाधिकारीसहित कार्यसमिति भागबन्डा गर्ने सहमति गरेका थिए । त्यसमा असहमति जनाउँदै कांग्रेस निकट अन्य प्राध्यापकले उम्मेदवारी दिएका हुन् । नेपाल प्रध्यापक संघमा कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघको वर्चस्व छ ।उनीहरूले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ११ सदस्य र नेकपा निकट प्राध्यापकले महासचिव, सचिवसहित १० सदस्य लिने सहमति भएको थियो । त्योभन्दा बढी उम्मेदवारी परेका कारण निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाले बताए । अध्यक्षमा बुद्धबहादुर थापाको एकल उम्मेदवारी दर्ता भएको छ ।२१ सदस्यीय कार्यसमितिका लागि २८ जनाको उम्मेदवारी दर्ता भएकाले सहमति कार्यान्वयन हुन नसकेको निर्वाचन समितिको भनाइ छ ।संघमा देशभरका सबै विश्वविद्यालयका करिब २० हजार प्राध्यापक आबद्ध छन् । सत्तापक्षीय पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक संगठन, पूर्वमाओवादी निकट राष्ट्रिय प्राध्यापक संघसहित ४ प्राध्यापक संघसंगठनले संघका प्रतिनिधि खोज्दै उद्घाटन बहिष्कार गरेका थिए । कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघसहित ५ संघरसंगठनका प्रतिनिधि मात्र उपस्थिति भएर कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि भएको वार्तामा पदाधिकारीसहित कार्यसमिति भागबन्डामा टुंगो लगाउने सहमति थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: