सिन्धुलीमा एक वर्षको अवधिमा ६८ सवारी दुर्घटना


सिन्धुलीमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा भएको ६८ वटा सवारी दुर्घटनामा परी ३३ जना पुरुष, ९ जना महिला, ३ जना बालक र १ जना बालिका गरी ४६ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख विष्णुबहादुर बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भिर र सामान्य गरि १ सय ७० जना घाइते भएका छन् । एक वर्षको अवधिमा जिल्लाका अन्य सडकहरुको तुलनामा बीपी राजमार्गमा सबैभन्दा बढी सवारी दुर्घटना भएको उहाँले बताउनुभयो । अहिले बीपि राजमार्गमा दैनिक ५ हजार सवारी आवात जावत गर्ने गरेको छ । यसैबीच,  दुर्घटना न्युनिकरणका लागी साउन १ गते देखि ३ महिने कार्य योजना बनाएर जिल्लामा विभिन्न अभियानहरु सञ्चालन भएको छ । नियमित कार्यक्रमहरुलाई निरन्तरता दिँदै हिजो मोटरसाईकलमा गतिसिमित स्टिकर टाँस, ट्राफिक नियम सम्बन्धी जानकारी मुलक पर्चा वितरण लगायतका कार्यक्रम गरिएको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: