त्रिवि प्राध्यापकले अन्यत्र पढाउन नपाउने


 त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले नीजि तथा सामुदायिक क्याम्पसमा पढाउन नपाउने भएका छन्। अधिकांस प्राध्यपकहरु निजिमा पढाउने गरेका छन । त्रिविले बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको हो।अन्यत्र पढाउने हो भने त्रिविको अनुगमन निर्देशनालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ। यसरी अनुमति लिंदा सम्बन्धित प्राध्यापकले आंगिक क्याम्पसमा पढाइरहेको भन्दा फरक सिफ्ट हुनुपर्छ। एकै सिफ्टमा आंगिक र नीजि क्याम्पसमा पढाइरहेको पाइएमा कारबाही गरिने पनि त्रिविले जनाएको छ।त्रिविका प्राध्यापकलाई आंगिक क्याम्पसमा पढाउन छोडेर नीजिमा पढाइरहेको आरोप लाग्ने गरेको छ। त्रिविले यस्तो कामलाई न्यूनीकरण गर्न समय समयमा अनुगमन गरेपनि प्रभावकारी हुन सकेको छैन।


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments: